हुम्लीले बस्न मान्दैनन् स्थानीय तहले निमार्ण गरेका क्वारेनटाइनमा
नेपालबहस संवाददाता
चैत २३, २०७६ आइतबार २१:३८:५
२३ चैत, हुम्ला । हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सात गाउँपालिकाका ४४ वडामा बनेका क्वारेन्टाइनस्थल अधिकांशमा आधारभूत सुविधासमेत नभएपछि अधिकांशले बस्न मानेका छैनन् । सर्केगाड गाउँपालिकामा तयार भएका क्वारेनटाइनमा कोही बस्न नमान्दा खाली रहेको गाउँपालिकाले जनाएको छ ।
सर्केगाडले केही दिन अगाडिदेखि महिनाको रु ३० हजार तिर्ने गरेर एक घरनै भाडामा लगेर १६ शय्याको क्वारेनटाइन बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताउनुभयो । भारतबाट मजदूरी गरेर फिर्ता भएकाहरु कोही पनि बस्न नमानेको अधिकृत शाहीले बताएका छन् ।
ताजाँकोट गाउँपालिकाले वडा नम्बर ४ को गोठेलबाडा, बाजुरा र हुम्लाको सीमा कबाडी, छेप्रेलास्थित धर्मोदय र वडा नम्बर ३ को नाउलीमा क्वारेन्टाइन निर्माण गरेको अध्यक्ष बाग्दल मल्लले बताएका छन् । जिल्लामा १४१ क्वारेन्टाइनमध्ये ५० सिमकोटमा छन्।
जिल्ला प्रहरी कार्यालय हुम्लाका रामप्रसाद घर्ती मगरका अनुसार जिल्ला बाहिरबाट आएका र विदेशबाट आएकाहरु आआफ्नै घरमा बस्दै आएका कारण सातवटै गाउँपालिकामा तयार गरिएका क्वारेनटाइन खाली छन् । जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत शहर र भारतबाट हुम्ला फर्किएका ८६१ जना हुम्ला प्रवेश गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तीन गाउँपालिकाका क्वारेनटाइन प्रयोगमा
सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकामा तयार भएका क्वारेनटाइन प्रयोगमा आएका छन भने अन्य पालिकामा रहेका क्वारेनटाइन खाली छन् । जिल्ला बाहिरबाट आएकाहरू गाउँमा तयार पारिएको क्वारेन्टाइनमा बस्न नमान्दा अधिकांश क्वारेन्टाइनस्थल रित्तै छन् । सिमकोटमा निर्माण गरिएका ५० शय्याको क्वारेन्टाइनमा हालसम्म ३० तथा तल्लो बजारमा रहेको जिल्ला अस्पताल नजीक चर्चमा नौ जना बसेका छन् । तीन गाउँपालिकामा अहिलेसम्म ७२ जनालाई क्वारेनटइनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई गाउँपालिका स्वास्थ्य सामग्री खरीद गर्दै
कोरोना संक्रमणविरूद्धको लडाइँका लागि सिमकोट र खार्पुनाथ गाउँपालिकाले स्वास्थ्य उपकरण र औषधि खरीद गर्न लागेका छन् । सिमकोटले रु १० लाख मूल्य बराबरको स्वास्थ्य उपकरण र औषधि खरीद गरिसकेको छ ।
सम्भावित संक्रमणबाट जोगिन र गाउँपालिकामा स्थापना भएका हेल्थ डेस्क, क्वारेन्टाइन र आइसोलेशनमा रहेका व्यक्तिलाई जाँच गर्न तथा कोरोनाविरुद्ध खटिएका पालिकाका स्वास्थ्यकर्मीलाई संक्रमण नहोस् भन्नाका लागि आवश्यक उपकरण र चाहिने औषधि खरीद गरिएको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताएका छन् ।
पालिकाले ३० थान पिपिई, १६ थान थर्मोगन, दुई हजार पाँच सय थान सर्जिकल मास्क, एक हजार थान सर्जिकल ग्लोब्स, साठी पोका लुज ग्लोभ्स, एक सय थान एन नाइन्टिन मास्क र २५० थान सेनिटाइजरसहित अन्य आवश्यक औषधि खरीद गरेको सिमकोटका अध्यक्ष पदमबहादुर लामाले बताएका छन् ।
यस्तै खार्पुनाथ गाउँपालिकाले पनि कोरोना संक्रमणका लागि जाँच गर्ने आवश्यक उपकरण् आफैँ खरीद गरेको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
सर्वाेच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
नेपालमा मंकीपक्स सङ्क्रमण पुनः देखियो
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
सर्वाेच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
पुष ५, २०८१ शुक्रबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार