अब नेपाली सेनालाई देश चलाउन दिने कि ?

नेपालबहस संवाददाता
चैत २३, २०७६ सोमबार ०:१६:२२

२३ चैत्र, काठमाडौं । अहिले नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अझै डरलाग्दो कुरा त के भने नेपालमा कोरोना संक्रमणको दोश्रो स्टेज अर्थात लोकल ट्रान्समिसन देखिएको छ । कोरोना देखिएको मध्य ८ जना विदेशबाट आएका नेपाली नागरिक हुन् भने बाँकी १ जनामा भने नेपालभित्रै कोरोना संक्रमण देखिएको छ ।
हाम्रो छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दो छ । प्रविधिमा हामी भन्दा धेरै माथि रहेको अमेरिकाले कोरोना भाइरससँग लड्न सकेको छैन भने हामी बेलैमा सचेत भएनौ भने अवस्था अझ डरलाग्दो हुनसक्छ । यस्तो डरलाग्दो अवस्थामा देशलाई माया गर्नुको साटो नेपाली नेताहरु भने कसरी आफु धनी हुने भनेर लागेका छन् । अरु देशहरु कोरोना संक्रमणले निकै चिन्तित भएको बेला नेपाली नेताहरु भने कोरोना रोकथाम गर्ने औषधी खरिदमा भ्रष्टाचार गर्ने तर्फ लागेका छन् ।
सरकारले कोरोना भाइरस (कोभिड १९) को उपचारका लागि चाहिने पीपीई, मास्क लगायतका स्वास्थ्य सामग्रीमा करोडौं भ्रष्टाचार गर्न खोज्ने नेपाल सरकारलाई हजार मुख भएका शेषनागले त वर्णन गर्द सक्दैन थिए होलान । संसारमा सबै भन्दा डरलाग्दो भ्रष्ट्राचारको घटना भनेर कसैले भन्छ भने यो नै हुनु पर्छ । कोरोन संक्रमणको बेला ल्याउन लागेको स्वास्थ्य सामाग्रीमा कसैले आँखा लाउँछ भने त्यो भन्दा ठूलो भ्रष्ट्राचारको स्वरुप अर्को कुनै सक्दैन । विदेशतिर कोरोनाले देश खतम बनाउँदै लग्यो भन्दै सरकार निकै चिन्तित हुन्छन् तर यहाँ भने कोरोना आयो खाउँला पिउँला भन्दैछन् ।
स्वास्थ्य मन्त्रालय र त्यहाँका उच्च तहका कर्मचारीमा कोरोना प्रकोपको बेलामा औषधी खरिद गर्नसक्ने दम रहेनछ । विदेश यात्रा गर्न पाएको भए एकदिन अघि नै हस्ताक्षर गर्ने प्रशासन आज जनताको स्वास्थ्यसँग जोडिएको विषयमा निर्णय गर्न सक्दैन । यस्तो बेलामा पनि स्वास्थ्य सामग्री किन्न नसक्ने कर्मचारी के का लागि ? स्वास्थ्य मन्त्रालयले औषधी किन्न नसकेर सेनालाई जिम्मा लगायो ।
कोरोना भाइरसका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण र अन्य सामानको खरिदका सम्बन्धमा भएको भ्रष्ट्राचारबारे एउटा मिडियामा समाचार आउँछ । प्रधानमन्त्रीका आईटी सल्लाहकार कै कम्पनीले रहेछ त्यो मिडियाको समाचार हटाउने । एउटा सामान्य मान्छेले बुझ्नसक्छ के भयो होला भनेर ? पछि छाती फुलाएर हाम्रो कम्पनीले नै त्यो सूचना मेटेको हो भनेर प्रेस विज्ञप्ति निकाल्छन् । कानुन उनीहरुकै हातमा रहेछ, नभए प्रधानमन्त्रीले आफ्नो सल्लाहकार विरुद्ध कुनै कदम चाल्नु पर्ने हो ? फेसबुकमा केही लेख्दा साइबर क्राइम लाग्ने नेपालमा यस्तो ठुलो प्रकरणमा भने चुप छ राज्य ।
स्मरण रहोस्, नेपाली बैङ्किङ्ग प्रणाली पनि जसले त्यो समाचार मेट्यो उसकै हातमा छ । २७ वाणिज्य बैंक मध्ये २२ वाणिज्य बैंकले सो कम्पनीले बनाएको सफ्टवेयर चलाएका छन् । अब कुनैदिन नेपाली बैङ्किङ्ग प्रणालीमा ठूलो ह्याक हुनसक्छ । सोच्नुस त नेपालको ठूलो बैङ्किङ्ग प्रणाली पनि असुरक्षित छ । राजतन्त्रलाई सामन्ती देखाएर भोट लिएका महान नेताहरुले भन्नु पर्यो कि सामन्ती राजतन्त्रको बेलामा यस्तो भएको थियो ?
स्वास्थ्यमन्त्रीलाई देश र कोरोना प्रति कुनै मतलव नै छैन, उहाँको घरमा पाहुन आएका छन् । उहाँलाई पाहुनाको चिन्ता छ , जनताको चिन्ता छैन । कठै मेरो देश । उहाँलाई पाहुनाको हेर विचार गर्न मात्र मन्त्री बनाईएको रहेछ । पाहुनाको हेरचाह गर्न बरु छुटै पाहुना मन्त्रालय बनाईदिनु नी सरकारले ? कोरोना संक्रमित मुख्य सीमा नाकालाई छलेर अन्त्यत्रबाट नेपाल आए रे ? सरकारको यो भन्दा ठुलो अरु के हुन् सक्छ र ? सीमा सुरक्षाको अवस्था पनि देखियो ?
प्रधानमन्त्री ज्यु, विरामी हुनुहुन्छ, उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गरौँ । तर आफ्नो वरिपरीको वातावरण सफा गर्नुस प्रधानमन्त्री ज्यू ? वरीपरि गिद्ध धेरै उडे भने बिरामी निको हुँदैन कि उल्टो इन्फेक्सन हुन्छ । समयमै गिद्धलाई हटाउनु होस् नभए प्रधानमन्त्री ज्युको राजनीतिक करियरमा नै इन्फेक्सन होला ?
बिरामी हुँदा जनताको उपचार गर्छौ भनेर खोलिएको निजी अस्पताल देश विरामी हुँदा उनीहरुले उपचार गर्न सक्दैनौ भन्छन ? सामान्य रुघा ज्वरो आउँदा टाउकोदेखि खुटासम्म एक्सरे गर्ने केही महान निजी अस्पतालहरु यस्तो विपतको समयमै कहाँ गए ? यस्तो बेला उपचार गर्न नमान्ने अस्पतालको लाईसेन्स खारेज गरेर त्यो अस्पताललाई राष्ट्रियकरण गर्नुपर्ने होइन ? कि सरकारमा समावेश नेता कै लगानी त छैन निजी अस्पातालमा ?
अहिलेको सरकारको कामले देश ठुलो दुर्घटना फस्ने देखिएको छ ? न काम गर्नसक्ने न कुनै गतिलो ठोस निर्णय गर्नसक्ने ।मरेको व्यक्तिको कात्रोमा समेत आँखा लाउन सक्ने यो सरकारबाट हामीले केही आशा गर्न सक्छौ र ? अहिले यस्तो संक्रमणको बेलामा औषधी किन्न नसकेर सेनालाई जिम्मा लगाउने नेपाल सरकारको काम नै नभएको नभएको प्रस्ट देखिएको छ ? अब बेलैमा यो महामारीबाट जोगिन केही समय नेपाली सेनालाई देश चलाउन दिनु पर्छ । नभए आजसम्म पशुपतिनाथले बचाएको मेरो देश कतिसमय बच्ला र ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
फागुन १६, २०८१ शुक्रबार
सरकारलाई अध्यादेशको खड्गो, दल विभाजन सम्बन्धी विधेयक आउँदै !
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार