जेसिजद्वारा मजदुर परिवारलाई सरसफाई सामग्री हस्तान्तरण
नेपालबहस संवाददाता
चैत २३, २०७६ सोमबार २:२०:४१
२३ चैत, डडेल्धुरा । सरकारले गरेको लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने वर्गलाई समस्या भएपछि डडेल्धुरा जेसिजले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक थाम तथा नियन्त्रणका लागि ६०० परिवारलाई सरसफाइ सामग्री हस्तान्तरण गरेको छ ।
संस्थाले चारवटा स्थानीय तहहरुलाई उक्त सरसफाई सामग्री हस्तान्तरण गरेको हो । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । एक स्थानिय तहमा १५० जनाका दरले प्रतिव्यक्ति २ पिस हातधुने साबुन, कोलगेट र ब्रस प्रदान गरिएको डडेल्धुरा जेसीजले जानकारी दिएको छ ।
संस्थाका संस्थापक, पूर्व अध्यक्षहरु र बोर्डका पदाधिकारी एवम् सदस्यहरुबाट संकलित ६५ हजार रकमबाट उक्त सरसफाई सामग्री खरिद गरिएको डडेल्धुरा जेसीज अध्यक्ष वरुण पनेरुले जानकारी दिएका छन् । सामग्री बुझ्दै अमरगढी नगरपालिका डडेल्धुराका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जेसीजबाट प्राप्त सहयोग दैनिक ज्याला मजदुरी गर्ने वर्गलाई वितरण गरिने बताएका छन् ।
सामाजिक संस्थाका रुपमा स्थापित डडेल्धुरा जेसीजले मानविय सेवा स्वरुप प्रदान गरेका स्वास्थ्य सामाग्री आवश्यकताका आधारमा जनतालाई वितरण गरिने नगरप्रमुख ओझाले बताए। सरसफाई सामाग्री हस्तान्तरण कार्यक्रम डडेल्धुरा जेसीजका पूर्व अध्यक्ष उत्तर बिष्ट, निवर्तमान अध्यक्ष गणेश भट्ट र डडेल्धुरा जेसीज वर्ष २०२० का बोर्डका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।
यसैबीच डडेल्धुरा जेसीज वर्ष २०२० का अध्यक्ष वरुण पनेरुले स्वास्थ्य सामग्री खरिद गर्नका लागि सहयोग पु¥याउने डडेल्धुरा जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू र बोर्डका सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
सर्वाेच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
नेपालमा मंकीपक्स सङ्क्रमण पुनः देखियो
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
सर्वाेच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं
पुष ५, २०८१ शुक्रबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
यु–१९ एकदिवसीय क्रिकेटः हङकङविरुद्धको शृङ्खलामा नेपालको ‘क्लिनस्विप’
पुष ५, २०८१ शुक्रबार