जोखिम बढेसँगै भारतीय सीमा नाकामा सुरक्षा व्यवस्था कडा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १३:४३:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/Rupadiya-naka_nt3KSGfup7.jpg)
२४ चैत्र, नेपालगञ्ज । कोराना भाइरसको जोखिम बढेसँगै भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ । बाँकेका साना, ठूला सबै नाकामा सशस्त्र प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको हो ।
भारतको बहराइच र श्रावस्ती जिल्लाबाट लुकीछिपी मानिसको आवागमन भइरहेकाले मुख्य सीमानाकासहित सीमावर्ती क्षेत्रमा थप १२० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक दीपक अधिकारीले बताए।
उनले लकडाउनलाई पूर्णरुपमा पालनाका लागि अब भारतबाट एक जना पनि छिर्न नदिइने जनाए । सीमानाकामा निगरानी बढाउन बाँकेका सबै ६ वटै बोर्डर आउट पोष्ट ‘बिओपी’मा थप प्रहरी पठाइएको छ । जिल्लाको नरैनापुर गाउँपालिका अन्तर्गतका नरैनापुर, गङ्गापुर, कटकुइँया बिओपी, डुडुवा गाउँपालिकाको कालाबञ्जार बिओपी, नेपालगञ्जको जयसपुर बिओपी र जानकी गाउँपालिकाको बढैया बिओपीसहित खडँैचा र बढैया बिओपीको पानीट्याङ्कीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
उनका अनुसार, बिओपीमा सशस्त्र प्रहरीको संख्या धेरै भएपछि अब एक एक किलोमिटरमा प्रहरी बसेर लुकीछिपी आउने मानिसलाई भारतमै फकाइने छ ।
डेरामा बस्ने विद्यार्थी बेखर्ची
लकडाउनका लागि कर्णाली प्रदेशबाट नेपालगञ्जमा प्राविधिक शिक्षा अध्ययनका लागि डेरा बस्दै आएका विद्यार्थी बेखर्ची भएका छन् । कर्णाली प्रदेशको मुगु, हुम्ला, कालिकोट, सल्यान, दैलेख लगायत जिल्लाबाट नेपालगञ्जमा अध्ययन गर्न आएका करिव ७० जना विद्यार्थीले नेपालगञ्ज उपमहानगरपालिका पुगेर आफुहरु भोकै बस्ने अवस्था आएको जानकारी गराएका हुन् ।
वडा कार्यालयले विपन्न र मजदुरलाई राहत वितरण गरेपनि आफूहरु बेखर्ची हुनुपरेको उनीहरुको गुनासो छ । हुम्लाका विद्यार्थी चन्द्र बोहराले भने, “भएको चालम दाल सकियो, साथमा रुपैयाँ पनि छैन, लकडाउनले हामीजस्ता विद्यार्थीको बिचल्ली भएको छ । वडा कार्यालयले समस्या नसुनेपछि नगरपालिका गएका हौँ ।”
सत्तारुढ नेकपानिकट अनेरास्ववियुका केन्द्रीय सदस्य मोहित शाहले नेपालगञ्जका शिक्षण संस्थामा अधिकांश कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरु अध्ययनरत रहेकाले लकडाउन लम्बिदै जाँदा समस्या भएको बताए । उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले विद्यार्थीलाई सहयोग गर्ने बजेट नभएकाले प्रारम्भिक चरणमा वडा तहबाटै राहत वितरण गर्न शुरु गरिएको स्थितिमा विद्यार्थीको समस्याबारे बोर्ड बैठक गरेर निर्णयमा पुगिने जनाए ।
सङ्क्रमितसँगै आउने तीनको पहिचान
कैलालीका कोरोना सङ्क्रमित युवासँगै आएका प्यूठानका तीन युवाको पहिचान भएको छ । सङ्क्रमित युवासँगै भारतबाट आएका यूठानका तीन रहेका छन् । जिल्ला प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले तीमध्ये माण्डवी गाउँपालिकाका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकाका एक-एक जना रहेको जानकारी दिए । तीनै जनालाई क्वारेनटाइनमा राखी स्वास्थ्य परीक्षण शुरु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार