कोरोनाको जोखिममा राहत सङ्कलन र वितरण नगर्न आग्रह
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १५:४१:८
२४ चैत, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको अवस्थामा कसैलाई पनि राहत सङ्कलन तथा वितरण नगर्न आग्रह गरेको छ । प्रशासनले आइतबार साँझ सूचना प्रकाशित गरी जिल्लामा विभिन्न व्यक्ति फर्म, सङ्घ संस्था तथा नागरिक समाजलगायतले सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थालाई बेवास्ता गर्दै नगद, जिन्सी, खाद्यान्नलगायतका सामग्री सङ्कलन गर्ने प्रयास गरेको तथा राहत वितरणमा सक्रिय भएकाले अहिलेलाई यस खालका कार्य निषेध गरिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कोही कसैले आफ्नैतर्फबाट राहत वितरण गर्न चाहेमा स्थानीय आवश्यकता र औचित्य पुष्ट्याइँसहित सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासनको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न सकिने बताएका छन् । प्रशासनले आफूखुशी राहत सङ्कलन तथा वितरणका कार्य गर्ने वा गराउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने स्पष्ट पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार