लकडाउनपछि पर्यटकको मुख्य आकर्षण केन्द्र लुम्बिनीमा चहलपहल शून्य
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १५:५१:३०
२४ चैत, भैरहवा । पर्यटकको मुख्य आकर्षण केन्द्र मानिने लुम्बिनीमा लकडाउनपछि पर्यटकको चहलपल शून्यप्रायः भएको छ । यहाँका मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्ति स्तूपा, सेन्टर क्यानल, ग्रेट लोटस स्तुपा विभिन्न देशका नामका स्तुपालगायत क्षेत्रहरु अहिले सुनसान भएको लुम्बिनी बिकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।
सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म १५ लाख ५८ हजार पर्यटकको आगमन भएको लुम्बिनीमा यो सिजनमा लगभग १ लाख भन्दा बढी पर्यटक आउने गरिएको थियो । पर्यटकीय चहलप नभएपनि यस क्षेत्रमा आश्रित परिवारको दैनिकी कठिन भएको छ ।
पर्यटनसँग जोडिएर १ सय २० होटल, ३० ट्राभल, १ सय ६० रिक्सा र १ सय ९० हेन्डिक्राफ्टका पसलहरु लुम्बिनी क्षेत्रमा चल्दै आएकामा ती प्रभावित भएको लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष मिथुन कुमार श्रेष्ठले बताएका छन् । गुम्बाहरुमा बस्ने बुद्ध धर्म गुरुहरुले भने विश्वशान्तिका कामनासहित कोरोना भाइरसको त्रासको अन्त्यका लागि दैनिक पूजा पाठ र ध्यान गरिरहेको स्थनीय पत्रकार प्रल्हाद यादवले बताएका छन् ।
सन् १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी अहिले संसारभरका बुद्धधर्मालम्बीको आस्थाको केन्द्र बनेको छ । लुम्बिनीसँग जोडिएका बुद्धको शाक्यवंश ऐतिहासिक दरबार तिलौराकोट, कपिलवस्तु, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, बुद्धको अस्तुधातु रहेको रामग्राम, बुद्धको मावली देवदह, क्रकुन्छन्ट बुद्धको जन्मस्थल गोटिहवामा कुनै चहलपहल छैन ।
सन् १९७८ मा जापानी वास्तुविद् प्रा केञ्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजनासँगै यहाँको विकास भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार