वनसुुरक्षा गस्तीटोली र तस्करबीच गोली हानाहान
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १९:१३:४
२४ चैत, रौतहट । गुजरा नगरपालिका– २ अञ्जुमन सामुदायिक वनक्षेत्रभित्र वनसुरक्षा गस्तीटोली र तस्कर समूहबीच आइतबार साँझ दोहरो गोली हानाहान भएको हो । गोली हनाहानमा गस्तीटोलीले तीन राउण्ड र तस्करले दुई राउण्ड गोली प्रहार गरेको थियो ।
सेक्टर वन कार्यालय चोंचाका अधिकृत राजेशकुमार साहका अनुसार गोली हानाहानमा सुरक्षाटोलीतर्फ कुनै क्षति नभएको र तस्कर समूह भागेकाले क्षति भए÷नभएको यकिन हुन सकेको छैन् । सो क्रममा तस्करले छोडेर भागेको एक थना भरुवा बन्दुक गस्ती टोलीले बरामद गरेको अधिकृत साहले जानकारी दिएका छन् ।
अञ्जुमन सामुदायिक वन क्षेत्रभित्र तस्कर समूहले एक राउण्ड गोली प्रहार गरेलगत्तै चोंचा सेक्टर वन कार्यालयबाट खोजतलासमा गएको गस्तीटोलीसँग भिडन्त भएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख विनोदकुमार सिंहले बताउका छन् ।
लकडाउनको अवधिमा वन सुरक्षागस्ती टोलीले करिब १०० क्युुविफिट अवैध सालको काठसहित तीन जना तस्करलाई नियन्त्रणमा लिएको प्रमुख सिंहले जानकारी दिएका छन् । उनीहरुमाथि आवश्यक कानुनी कारवाही भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार