स्थानीय तहका गुनासो सुन्न र बुझ्नु प्रदेशका मन्त्रीहरु पुगे जिल्ला जिल्लामा
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १६:३३:३६
२४ चैत, काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएका कामको अनुगमनका लागि प्रदेशका मन्त्रीहरु जिल्ला जिल्लामा पुगेका छन् । हेलिकोप्टरबाट डोल्पा, हुम्ला र मुगुमा औषधी तथा व्यक्तिगत सुरक्षा सामग्री (पिपीई) पठाएको कर्णाली प्रदेश सरकारले अन्य यातायातको पहुँच हुने ठाउँमा स्थलगत रुपमा सामग्री पठाएको थियो ।
पठाएका सामग्रीहरु सदुपयोग र स्थानीय सरकारका कामबारे जानकारी लिन आफूहरु जिल्लामा पुगेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री विमला केसीले जानकारी दिएका छन्। मन्त्रीहरुको टोलीले शनिबार सल्यान र रुकुमपश्चिममा र आइबार जाजरकोटमा अनुगमन गरेको थियो । टोलीले रुकुमपश्चिमको कोरोना अस्पतालको निरीक्षण समेत गरेको थियो ।
प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसी, सामाजिक विकासमन्त्री दल रावल जाजरकोट आएर जिल्लाको सातै तहको तयारीका विषयमा जानकारी लिउका थिए । कर्णाली प्रदेशका सबै जिल्लामा प्रदेश सरकारले उपलव्ध गराएको स्वास्थ्य सामग्रीहरु पठाइसकेको मन्त्री केसीले जानकारी दिएका छन् । सामाजिक विकासमन्त्री रावलले चिकित्सकहरुलाई उच्च मनोबलका साथ काम गर्न अनुरोध गर्दै भने, “तपाईहरुको साथमा हामी छौँ, ढुक्कका साथ काम गर्नुहोस्, समस्या परेमा हामीले हेलिकोप्टरबाट सेवा दिने छौँ ।”
टोलीले जाजारकोट सदरमुकामको स्वास्थ्य सेवा कार्यालयद्वारा निर्माण गरिएको १२ शैयाको आइसोलेशन कक्षको अनुगमन तथा भेरी नगरपालिकाले त्रिभुवन माविमा निर्माण गरेको क्वारेन्टाइनको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन् । स्वास्थ्य सेवा कार्यालयमा ज्वारो नाप्ने थर्मलगन अहिलेसम्म नपुगेको भन्दै स्थानीयबाट मन्त्रीहरुलाई असन्तुष्टि व्यक्त गरिएको थियो ।
जिल्लाका सातै तहका सरकार प्रमुखले हतियारविना कसरी काम गर्ने भन्दै मन्त्रीहरुसँग गुनासो गरेका थिए । स्थलमा काम गर्न जाउँ भन्ने तर हतियार नै नभएपछि कसरी काम गर्नु नलगाड नगरपालिकाका नगरप्रमुख प्रमुख टेकबहादुर रावलले गुनासो गरेका छन् । स्थानीय स्रोत र साधनले भ्याएसम्म काम गरेको अर्का छेडागाड नगरपालिकाका नगरप्रमुख प्रमुख लालबहादुर महतराले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी पन्तले दोस्रो तथा तेस्रो मुलुकबाट जाजरकोटमा २३० जना आएको जनाउँदै ती सबै होम क्वारेन्टाइनमा बसेको उनको भनाइ छ । प्रत्येक वडामा ५ वटाका दरले क्वारेन्टाइन निर्माणको कामलाई गति दिइएको उनले जानकारी दिएका छन् । देशका विभिन्न ठाउँबाट १ हजार भन्दा बढी मानिसहरु जाजरकोट आएका थिए । त्यसका डोल्पाबाट १५० छन् । कूल १२ वटा आइसोलेशन निर्माण गरिएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिएका छन् ।
जिल्लामा ५३ वटा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टिकाराम जैसीले बताएका छन् । १ हजार ४ सय क्विन्टल आयोडिनयुक्त नुन मौजदात छ । निजी क्षेत्रको बजारले दुई हप्तासम्म पुग्ने खाद्यान्न रहेको उद्योग वाणिज्य सङ्घ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले सरकारले खाद्यान्न र अन्य वस्तुहरु खरिद गर्दा स्थानीय वजारबाट खरिद गरी लकडाउनको समयमा न्यून भएको व्यापारलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार