प्रमुख राजनीतिक दलहरुद्धारा कोरोनाले निम्त्याएको सङ्कटसँग जुध्न सर्वदलीय सहमति
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १७:१८:३८
२४ चैत, काठमाडौं । प्रदेश नं १ का प्रमुख राजनीतिक दलले कोरोना भाइरसबाट बच्न जारी लकडाउनको पूर्ण पालनासहित चारबुँदे सहमति गरेका छन् । ती दलले सरकारी अस्पताल, शिक्षण अस्पताल र अन्य अस्पतालबाट प्राप्त हुने स्वास्थ्यसेवालाई नियमितरुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै अस्पतालले पनि सर्वसाधारण जनताको उपचारका निम्ति ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउन सरकार र प्रदेशवासीलाई अनुरोध गर्ने निर्णय पनि ती दलले गरेका छन् । लकडाउनका कारण आपूर्तिमा कमी हुनसक्ने भएकाले अत्यावश्यक खाद्यान्न सामग्री, तरकारी, खाना पकाउने इन्धनलगायत सामग्रीको उपलब्धता र न्यून आय भएका, आधारभूत जनता र समस्यामा परेकालाई राहत वितरणमा एकरुपता कायम गर्न पनि समझदारी भएको छ । यसको कार्यान्वयनका लागि स्थानीय प्रशासन, स्थानीय तह र राजनीतिक संयन्त्रमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिने भएको छ ।
प्रदेश, जिल्ला र स्थानीय तहमा सञ्चालित क्वारेन्टाइन, आइसोलेसन कक्ष, अस्पताल, कोरोना विशेष अस्पतालमा भएका काम कारवाहीको नियमित अनुगमनका लागि प्रदेश सरकारले व्यवस्थापन गर्ने र अनुगमनबाट प्राप्त सूचनाको विश्लेषण गरी सरकारलाई पृष्ठपोषण गर्ने सहमतिमा उल्लेख छ।
सहमतिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, प्रतिपक्षी नेपाली काँग्रेसका मोरङ जिल्ला अध्यक्ष डिगबहादुर लिम्बू र प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइराला, राप्रपाका प्रदेश अध्यक्ष राम थापा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ र समाजवादी पार्टी प्रदेश उपाध्यक्ष राजकुमार यादवले हस्ताक्षर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार