नेपाल प्रहरीमा १९ डीआईजी राख्ने सहमति,बढुवाको लागि प्रक्रिया यसै साता शुरु हुने
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १७:३६:१४
२४ चैत, काठमाडौं । नेपाल प्रहरीमा लामाे समयदेखि रोकिएको डीआईजीको बढुवा प्रक्रिया शुरु हुने भएको छ । डीआईजीको संख्या कति रहने भन्नेमा गृहमन्त्रालयका अधिकारी र प्रहरी नेतृत्वबीच विवाद हुँदा प्रहरीमा डीआईजीको बढुवा रोकिएको थियो । गृहमन्त्रालय र प्रहरी नेतृत्वबीच प्रहरीमा १९ जना डीआईजी राख्ने सहमती भएको उच्च स्रोतले जानकारी दिएको छ । अहिलेलाई १५ जना डीआईजीको बढुवा गर्ने तयारी छ, अब प्रहरीमा कुल १९ जना डीआईजी राख्ने सहमती नेतृत्वबीच भएको हाे ।
मन्त्रालयले डीआईजीको बढुवा प्रक्रिया यही हप्ता अघि बढाउने तयारी समेत गरेको छ । प्रहरीमा दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशहरुमा डीआईजीको दरबन्दी भएपनि डीआईजी नहुँदा अहिले रिक्त रहेको छ । दुई नम्बर प्रदेशमा डीआईजी प्रध्मुन कार्की र महानगरीय प्रहरीको नेतृत्वमा डीआईजी विश्वराज पोखरेल छन् । त्यसबाहेक अन्य प्रदेशहरुमा डीआईजी छैनन् ।
त्यतिमात्र होईन प्रहरीका अधिकांश विभाग पनि नेतृत्वविहीन बनेका छन् । प्रहरीमा दुई दर्जन एसएसपीहरु बढुवाको लागि दौडमा रहेका छन् । सरकारले यसअघि प्रहरीको तीन एआईजी पदमा तारणी लम्साल , शैलेश थापा र हरि पाललाई बढुवा गरेको थियो । नेपाल प्रहरीमा समयक्रम अनुसार बढुवा नहुँदा रिक्त पदको संख्या बढ्दो क्रममा छ । त्यसका साथै त्यसले उच्च अधिकारीको बृतिविकासमा समेत असर पारेको छ । सुरक्षा निकायमा एक दिन पनि बढुवा रोकिंदा त्यसले संगठनमा नराम्रो असर गर्ने यस क्षेत्रका जानकारहरु बताउँछन् । प्रहरीमा हाल कायम ३४ डीआईजी दरबन्दीमध्ये २२ खाली छन् । त्यस्तै १६ एसएसपी, १७ एसपी, ५२ डिएसपी र एक सय १९ इस्पेक्टरको पद पनि अहिले प्रहरीमा खाली छ ।
प्रहरी मुख्यालय प्रहरी समायोजनको मुखमा कायम रहेको दरबन्दी घटाउँदा संगठनलाई असर पुग्ने भन्दै दरबन्दी घटाउन नहुने पक्षमा थियो । गृहमन्त्रालयले भने संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समिति समेत गठन गरेर काम अघि बढाएको थियो । प्रहरीमा यसअघि एआईजी र डीआईजी आफु निकटका अधिकारीलाई बढुवा गर्न हचुवाका भरमा दरबन्दी थप्ने काम भएको थियो । नेपाल प्रहरीमा राजनीतिक नेतृत्वको स्वार्थका कारण एआईजीको संख्या १५ र डीआईजीको संख्या ३४ सम्म पुगेको थियो ।
प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीको नियुक्तीसँगै उनले प्रहरीमा बढुवाको प्रक्रिया अघि बढाउन पहल गरेपनि डीआईजीको दरबन्दीमा कुरा नमिलेपछि बढुवा रोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव महेश्वर न्यौपानेलाई प्रहरीमा डीआईजी संख्या घटाउन निर्देशन दिएलगत्तै मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए । गृहमन्त्रालयले प्रहरीको दरबन्दी घटाउने प्रस्ताव गर्दा प्रहरी महानिरीक्षकले त्यसमा सहमती जनाएका थिएनन् ।
त्यसपछि गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्रीसँग छलफल गरेर दरबन्दीको टुंगो लगाउने बताएका थिए । गृहमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्रीसँग गृहमन्त्री थापाले यसबारेमा छलफल गरेपछि १५ जना डीआईजी कायम राख्ने सहमती भएको हो । प्रहरीमा पहिलो ब्यांचबाट एसएपीहरु घनश्याम अर्याल, गणेश ऐर,पुरुषोत्तम कडेंल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबावु कार्की, दीलिप चौधरी, देवबहादुर बोहरा र राजेशलाल कर्ण डीआईजीको लागि बढुवाको लाइनमा छन् ।
त्यसैगरी पछिल्लो ब्याजबाट एसएपीहरु धीरज सिंह,उत्तमराज सुवेदी, दिवेश लोहनी र वसन्त लामा दौडमा छन् । एसएसपीहरु सौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार, रविन्द्र धानुक, अरुण विसी र सहकुल थापा समेत बढुवाको लागि दौडमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार