कोरोना विरुद्ध लड्ने सरकारसँग खै नैतिकता ? कांग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १८:३६:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/pakashaman_ghhWGzyFLq.jpg)
२४ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवै पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले देश महासंकटमा परेका बेलासमेत सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै नेपाली कांग्रेसले कडा रुपमा प्रतिवाद गर्ने बताएका छन् ।
देशको समसामयिक सन्दर्भमा नेपालबहस डककमसँग कुरा गर्दै कांग्रेस नेता एवं पूर्व उपप्रधानमन्त्री सिंहले कोरोना भाइरससँग लड्न सबै इमान्दार हुनुपर्ने बेलासमेत सरकार भ्रष्टाचार र अनियमिततामा डुब्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । सरकारले अहिलेसम्म इमान्दार भएर काम नगरेकाले नै संक्रमण अझै फैलनसक्ने संभावना औंल्याउँदै उनले भने– सुदूर पश्चिममा कम्युनिटी ट्रान्सफर भइसक्दासमेत ¥यापिड टेष्ट नगर्नु गम्भिर हेलचेक्र्याई हो ।
जबसम्म धेरै भन्दा धेरैको परीक्षण गरिंदैन, तबसम्म संक्रमणको यथार्थ अवस्था ज्ञात हुन नसक्नेतर्फ इंगित गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले भने – खासगरी भारतबाट आएकाहरुको ¥यापिड टेष्ट गर्न ढिला नगरौं । तर सरकारको क्रियाशीलता भने त्यसतर्फ भन्दा कमिशनमै बढी केन्द्रित देखिएकाले ठूलो क्षति हुनसक्ने संभावना उनले औंल्याए ।
हामीकहाँ पहिलो केस पत्ता लागेको दुई महिना बितिसक्दासमेत सरकारले कुनै प्रभावकारी पहल नगरेकोमा आक्रोशित हुँदै नेता सिंहले स्वास्थ्य सामग्रीको चरम अभाव सिर्जना गरेर भ्रष्ट्राचार गर्ने तानाबाना बुनिएकोमा क्षोभ प्रकट गरेका छन् । कोरोनाविरुद्ध लड्न सारा नेपालीले सरकारलाई साथ दिएका छन्, तर सरकार भने कोरोनाको आडमा भ्रष्ट्राचारको प्लट तयार गर्दैछ – उनले भने यस्तो भ्रष्ट र निकम्मा सरकारले समस्या पार लगाउन सक्दैन ।
अमेरिका युरोप मात्र होइन, चीन र भारत जस्ता महाशक्ति राष्ट्र समेत कोरोना भाइरससँग लड्न नसक्ने अवस्थामा रहेकामा नेपालले समय पाउँदा पाउँदै कुनै तयारी नगर्नु दुर्भाग्यपूर्ण भएको पनि नेता सिंहले बताएका छन् । अहिले नै नागरिकले सरकारको सहयोग खोज्ने बेलामा सरकार भने मुकदर्शक भएको बताउँदै नेता सिंहले भने– हरेक नागरिकको सुरक्षाको जिम्मेवारी लिनुपर्ने सरकार गिद्धले सिनो ताके जस्तो गरी कमिशन र भ्रष्ट्राचारको जालो बुन्दै छ ।
संक्रमण भित्रिएको यत्तिका समय दुई हजार जनाको पनि स्वास्थ्य परीक्षण गर्न नसक्ने गैरजिम्मेवार सरकारले शासन गर्ने नैतिक हक पनि गुमाईसकेको उनले आरोप लगाएका छन् । जबसम्म धेरै भन्दा धेरैको परीक्षण गरिंदैन, तबसम्म संक्रमणको यथार्थ अवस्था ज्ञात हुन नसक्नेतर्फ इंगित गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले भने – खासगरी भारतबाट आएकाहरुको ¥यापिड टेष्ट गर्न ढिला नगरौं । तर सरकारको क्रियाशीलता भने त्यसतर्फ भन्दा कमिशनमै बढी केन्द्रित देखिएकाले ठूलो क्षति हुनसक्ने संभावना उनले औंल्याए ।
अहिले सरकारी निकायबाट राहतको नाममा राजनीति गर्न लागिएकोमा समेत नेता सिंहले आपत्ति जनाएका छन् ।आफू निकटलाई मात्रै राहत वितरण गर्न थालिएको भन्दै उनले गुनासो गरेका छन् । राहत जस्तो मानवीय संबेदना जोडिएको ठाउँमा समेत राजनीति गर्न खोज्नु निन्दनीय काम हो – नेता सिंहले भनेका छन् ।
कोरोनामा भ्रष्ट्राचार गर्न खोज्ने मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्रीका सन्दर्भमा इमान्दारीपूर्वक छानविन गरी कारवाहीको माग गर्दै नेता सिंहले भने यसमा अख्तियार लगायत सम्बद्ध पक्षले सक्रियता बढाउनुपर्ने बताए । सीमा क्षेत्रमा आएर बिल्टुवा भएका नेपाली नागरिकप्रति सरकार गैर जिम्मेवार देखिएकोमा दुख प्रकट गर्दै नेता सिंहले भने – सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार गर्ने दायित्व सरकारको हो, तर उल्टो उनीहरुलाई दुख दिने काम सरकारले गरेको छ, यो भत्सर्नायोग्य छ ।
यस्तै अहिले सरकारी निकायबाट राहतको नाममा राजनीति गर्न लागिएकोमा समेत नेता सिंहले आपत्ति जनाएका छन् ।आफू निकटलाई मात्रै राहत वितरण गर्न थालिएको भन्दै उनले गुनासो गरेका छन् । राहत जस्तो मानवीय संबेदना जोडिएको ठाउँमा समेत राजनीति गर्न खोज्नु निन्दनीय काम हो – नेता सिंहले भनेका छन् । साथै अहिलेको बेला सबै नेपाली एकजुट भएर कोरोनाविरुद्ध लड्न समेत उनले आह्वान गरेका छन् । यसका लागि लकडाउनलाई इमान्दारीका साथ पालना गर्न समेत उनले सबै नागरिकमा आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार