सरकारद्वारा स्थापना गरिएको कोषमा रु एक अर्ब ३२ करोड जम्मा
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार १९:२६:०
२४ चैत, काठमाडौं । सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको उक्त कोषमा आइतबार मात्र रु १३ करोड १७ लाख ११ हजार ७५० जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले रु १२ करोड, नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले रु ५० लाख, सिभिल बैंक लिमिटेडले रु ४३ लाख ५० हजार, मेलम्ची नगरपालिकाले रु आठ लाख दुई हजार ९४८ र दुर्गाबहादुर क्षेत्रीले रु तीन लाख कोषमा जम्मा गरेका छन् ।
त्यस्तै कोषमा नाम नखुलेका तथा एक लाखभन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति÷संस्थाबाट कूल रु १२ लाख ५८ हजार ८०२ जम्मा भएका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि सरकारले रकम जम्मा गर्न आह्वान गरेपछि कोषमा रकम जम्मा हुनेक्रम बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार