एनआई एशिया बैंकमा अनलाइन खाता खोल्ने सुविधा, मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५ सय फिर्ता पाइने
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार २१:१:११
२४ चैत्र, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोली पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने भएको छ । एनआईसी एशिया बैंकको आधिकारिक वेवसाइटमा गई ग्राहकहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्नेछन् ।
खाता खोलिसकेपछि प्राप्त हुने खाता नम्बरको आधारमा हरेक ग्राहकहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्ने बनाइएको छ । अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ जसले गर्दा प्रत्येक ग्राहकहरुलाई वार्षिक रु १४ हजारसम्म फाइदा हुनेछ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ ।
मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहकले रु ५०० सम्म रकम फिर्ता पाउने छन् । यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टुरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहकहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक रु ४ हजारसम्मको रकम फिर्ता पाउने बैंकले जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । उक्त सेवाहरुका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ ।
ग्राहकहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा QR सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नेछन् । यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एनआईसी एशिया बैंकको एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।
यसका साथै ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार