ऊर्जामन्त्री पुनद्वारा पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार २१:४८:२५
२४ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड–१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् । मन्त्री पुनले आज चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री पुनले पिपिइ सेट ११० थान पठाएका छन् । प्रयाप्त पिपिइको अभावमा महामारीका बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेका छन् । यस्तै पञ्जा एक हजार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क एक हजार थान रोल्पा पठाइएको छ । ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले जानकारी दिएका छन्।
रोल्पाका १० वटै पालिकामा ती सामग्री पुग्नेछन् । जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री सङ्कलन गरिएको हो । जिल्लाबाट सङ्घीय संसद्मा प्रत्यक्ष निर्वाचित सांसदका हैसियतमा आपत्का समयमा मतदातासँगै रहेको सन्देश दिन मन्त्री पुनले ती सामग्री जिल्ला पठाएको हो । यसअघि पहिलो चरणमा मन्त्री पुनले नै पठाउनुभएको ४० थान पिपिइ, चार हजार थान मास्क र १० थान ज्वरो नाप्ने थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र नौ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पुगिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार