कोरोना नियन्त्रण, रोकथामका लागि नेपाली काँग्रेसद्वारा ४० लाख प्रदान
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार २२:८:१३
२४ चैत, काठमाडौं । प्रदेश नं २ को सरकारले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि स्थापना गरेको राहत कोषमा नेपाली काँग्रेसले आज रु ४० लाख ७५ हजार प्रदान गरेको छ ।
नेपाली काँग्रेसका प्रदेश नं २ स्थित आठवटै जिल्ला कार्यसमितिकोतर्फबाट नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा नेपाली काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादव, नेपाली काँग्रेस बाराका सभापति जयचन्द्र चौरसिया, कोषाध्यक्ष चन्द्रशेखरकुमार यादवसहितको उपस्थिति रहेको थियो ।
त्यस्तै सो उपचार कोषमा आज लक्ष्मी बैंकले रु १० लाख र सिभिल बैंकले रु पाँच लाख प्रदान गरेको छ । ती दुवै बैंकका प्रतिनिधिले छुट्टाछुट्टै कार्यक्रममा मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका हुन् । उक्त कोषमा अहिलेसम्ममा रु एक करोड छ लाख ७५ हजार जम्मा भइसकेको छ र सोबाहेक भाटभटेनी सुपर मार्केटले सो कोषमा रु २५ लाख दिने घोषणा गरेको मुख्यमन्त्री राउतको प्रेस संयोजक आतिस मिश्रले जानकारी गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
हरियाणाका पूर्व मुख्यमन्त्री ओमप्रकाश चौटालाको हृदयघातका कारण निधन
पुष ५, २०८१ शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार