नगरद्धारा सहुलियत दरमा तरकारी पसल सञ्चालन
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार २२:१४:४८
२४ चैत, सप्तरी । सरकारले गरेको लकडाउनका मारमा परेका आफ्ना नागरिकलाई सहज र सहुलियत दरमा तरकारी उपलब्ध गराउने उद्देश्यका साथ लहान नगरपालिकाले सहुलियत पसल सञ्चालन गरेको छ । कोभिड– १९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनकाबेला किसानबाट उत्पादित तरकारी खरिद गरी सहज र सहुलियत दरमा उपलब्ध गराउन नगरपालिकाको कृषि शाखाले सहुलियत पसल सञ्चालन गरेको हो ।
नगरवासीलाई सहजरुपमा तरकारी उपलब्ध गराउन सहुलियत पसल सञ्चालन गरेको लहान नगरपालिका कृषि संयोजक प्रदीप चौधरीले जानकारी दिएका छन् । लहान नगरपालिका– ७ स्थित राममन्दिरको अगाडिबाट शुरु गरिएको सहुलियत पसल लहानको अस्पताल चोक, शहीद चोकमा सामाजिक दूरी कायम गरिने गरी बिक्रीवितरण गरिने संयोजक चौधरीले बताएका छन् ।
किसानबाट खरिद गरी प्रतिकिलो भन्टा रु १०, बन्दा काउली रु २०, हरियो खुर्सानी रु १००, साग रु ४०, काँक्रा रु २०, धनियाँ रु ४०, पालक साग रु ६०, लसुन रु १६० का दरले सहुलियत पसलबाट बिक्रीवितरण शुरु गरिएको संयोजक चौधरीको भनाइ छ ।
यस्तै टोलटोलमा किरानाका अत्यावश्यक सामान शहरी र ग्रामीण क्षेत्रमा पु¥याउन उद्योग वाणिज्य सङ्घ लहान सिरहाका अध्यक्ष अशोकलाल अमात्यसहितका पदाधिकारीसँग आग्रह गरेको लहान नगरपालिकाका नगरप्रमुख मुनी साहले बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार