नगरपालिकाद्धारा चारहजार परिवारलाई राहत वितरण
नेपालबहस संवाददाता
चैत २४, २०७६ सोमबार २३:६:३८
२४ चैत, काठमाडौं । भक्तपुर र काठमाडौँ जिल्लासँग जोडिएको कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्रका चार हजार ९०० परिवारलाई राहत वितरण गरेको छ । विश्वव्यापीरुपमा पैmलिएको कोरोना भाइरसका कारण सरकारले लकडाउन घोषणा गरेसँगै छाक टार्न समस्या भएका अतिविपन्न, असाहय र मजदूरवर्गका उपभोक्तालाई नगरपालिकाले राहत वितरण गरेको हो ।
नगरपालिकाले आइताबार साँझसम्मको तथ्याङ्कअनुसार नौवटै वडाका चार हजार ९०० परिवारलाई राहत वितरण गरिएको जनाएको छ । विपद् तथा प्रकोप व्यवस्थापन कोषबाट गरिएको राहत वितरणबाट नगरभित्रका छाक टार्न मुस्किल पर्ने विपन्न परिवार लाभान्वित भएको नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताएका छन् ।
दैनिक ज्यालादारी गरेर छाक टार्ने र विपन्न परिवारलाई चामल, दाल, खाने तेल र साबुन खरिदका लागि विपन्न परिवार छनौट गरी प्रतिपरिवार एक हजारको दरले नजिकैको खाद्यान्न पसलबाट आवश्यक सामान खरिद गर्ने गरी कुपन बाँडिएको नगरप्रमुख थापाले बताएका छन् । विपद् कोषमा नगरपालिकाको ५० लाख र अन्य अनुदान तथा सहयोग सङ्कलन स्वरुप ४० लाख गरी जम्मा रु ९० लाख सङ्कलन भैसकेको छ । अवस्था हेरेर राहत वितरण गर्दै जादाँ नपुगेको खण्डमा नगरपालिकाले थप रु ५० लाख कोषमा जम्मा गर्ने पनि प्रमुख थापाले जानकारी दिएका छन् ।
यसैबीच नगरपालिकाको वडा नं ६ स्थित अर्याल गाँउ नमूना टोल सुधार समितिका टोलबासी र सिन्धुपाल्चोक जिल्ला पत्रकार महासङ्घका अध्यक्ष महेश श्रेष्ठको सक्रियताबाट सङ्कलन भएको रु हजार २१५ वडा नं ६ का अध्यक्ष प्रकाश फुयाँललाई हस्तान्तरण गरेका छन् । कोरोना रोकथाम तथा विपन्न परिवारलाई राहत प्याकेज वितरणमा सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको स्थानीयवासी राजेन्द्र दुलालले बताएका छन् ।
त्यस्तै वडा नं। ६ का वडा अध्यक्ष प्रकाश फुयाँलले उक्त सहयोगले ठूलो राहत मिलेको बताएका छन् । विपद् कोषमा जम्मा भएको बजेट कम भएका कारण सबै विपन्न परिवारलाई समेट्न नसकेको खण्डमा टोलबासीले गरेको आर्थिक सहयोगबाट थप विपन्न परिवारलाई राहत बाँड्न सहयोग पुगेको उनले बताएका छन्। हालसम्म नगरपालिकाले कोरोनाको रोकथाम तथा उपचारको लागि गागलफेदी तथा विभिन्न स्वास्थ्य चौकीमा गरी ६० क्वारेन्टाइन तथा ५ आइसोलेसन कक्ष तयार गरेको छ । साथै, नगरपालिकाले उपचारको लागि आवश्यक परेको खण्डमा तत्काल उद्दार गर्न चारवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।
नगरप्रमुख थापाका अनुसार, “नगरभित्र विदेशबाट आएका जम्मा ५६ जना रहेको र उनीहरुमा कोरोनासंग मिल्ने कुनैपनि लक्षण हालसम्म फेला परको छैन । कोही कसैमा यस्तो लक्षण देखेमा तत्काल खबर गर्न प्रत्येक वडालाई जानकारी गराएका छौं ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
पुष ५, २०८१ शुक्रबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार