गल्याङको राहत कोषमा सहयोग आउने क्रम जारी
नेपालबहस संवाददाता
चैत २४, २०७६ मंगलबार १:४४:४०
२४ चैत्र, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा स्थापना गरिएको राहत कोशमा सहयोग रकम आउने क्रम बढेको छ । कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्नहरुको सहयोग गर्न स्थापना गरिएको राहत कोशमा रकम आउने क्रम बढेको हो ।
सोमबार गल्याङ चेम्बर अफ कमर्शले राहत कोशका लागि ५१ हजार एक सय रुपैयाँ सहयोग गरेको छ । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको कार्यकक्षमा गल्याङ चेम्बर अफ कमर्सले सहयोग गरेको हो । सहयोग रकम ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले भर्खरै स्थापना भएको गल्याङ चेम्बर अफ कमर्सले महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे । उनले सहयोग गरिएको रकम पारदर्शी रुपमा वास्तविक पीडितहरु सामु पु¥याइने स्पष्ट पारे । नगरप्रमुख अधिकारीले भने –‘सहयोग गरिएको सम्पूर्ण रकम पारदर्शी ढंगले वितरण हुनेछ । एकद्वार प्रणालीबाट राहत वितरण गरिने भएकाले अन्य व्यक्ति तथा संस्थालाई पनि सहयोगको अपिल गर्दछु ।’ उनले थोरै थोरै रकम भएपनि विपदको बेलामा सहयोग गर्न आग्रह गरे ।
रकम हस्तान्तरण गर्दै गल्याङ चेम्बर अफ कमर्सका अध्यक्ष गंगाप्रसाद श्रेष्ठले पीडितहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले थोरै भएपनि सहयोग गरिएको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट उपाध्यक्ष कुमार श्रेष्ठ लगायत पदाधीकारी र सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
यस्तै, लायन्स क्लब अफ गल्याङ सिटीले पनि गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा १५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । गल्याङको नयाँबजारमा लायन्स क्लबका प्रथम उपाध्यक्ष अर्जुन बस्यालले गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीलाई राहत रकम हस्तान्तरण गरे । साथमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ वि वान नेपाल बाट प्राप्त तीन थान व्यक्तिगत सुरक्षा सामाग्री पिपिइ पनि बस्यालले नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार