गल्याङमा तीन जना मात्रै होम क्वारेन्टाइनमा, ११ जनाको स्वाब परिक्षणका लागि पोखरा पठाइयो
नेपालबहस संवाददाता
चैत २४, २०७६ मंगलबार २:५३:३९
२४ चैत्र, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा होम क्वारेन्टाइनमा बस्नेको संख्या तिनमा झरेको छ । १५ दिन भन्दा बढि क्वारेन्टाइनमा बस्नेहरुलाई परिवारसँगै बस्ने अनुमति दिइएसँगै होम क्वारेन्टाइनमा बस्नेको संख्या तिनमा झरेको हो ।
गल्याङ नगरपालिकाको वडा नम्बर चारमा एक जना र छ मा दुई जना मात्रै होम क्वारेन्टाइनमा रहेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिए । उनले १५ दिन भन्दा बढि होम क्वारेन्टाइनमा बसेकाहरुलाई साबधानीपूर्वक रहन आग्रह गर्दै स्वास्थ्य परिक्षण पछि परिवारसँगै बस्न अनुमति दिइएको बताए ।
पाण्डेले सम्बन्धित वडाका अध्यक्ष सहित स्वास्थ्यकर्मीले उनीहरुको नियमित निगरानी गर्ने पनि बताए । गल्याङमा चैत्र दुई गते यता विदेशबाट आएका एक सय १० जना मध्ये एक सय सात जना अब परिवारसँगै बस्न पाएका हुन् । अब विदेशबाट आएका मध्ये एक जना १० गते र दुई जना ११ गते आएका मात्रै होम क्वारेन्टाइनमा बसेका छन् ।
त्यस्तै नगरपालिकामा विदेशबाट आएका ११ जनाको स्वाब परिक्षणका लागि नमूना संकलन गरिएको छ । संकलन गरिएको स्वाव परिक्षणका लागि पोखरा पठाइएको छ । गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले विदेशबाट आएकाहरुको स्वास्थ्य परिक्षण सँगै स्वाब संकलन गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार