राहत वितरण गर्दा फोटो नखिचाउने वालिङ नपाको घोषणा, राहत कुप्पन सिस्टमबाट वितरण गरिने
नेपालबहस संवाददाता
चैत २४, २०७६ मंगलबार ३:३८:४७
२४ चैत्र, स्याङ्जा । कोभिड १९ कोरोना भाईरसको रोकथामको लागि सरकारले लकडाउन गरेपछि गरिबलाई समस्या परेको छ । गरिबलाई समस्या परेको भन्दै एक केजि चामल र दाल राहात स्वरुप दिदा समेत पाचँ दश जनाले कन्या दान दिएझै छोएर फोटो खिचाउने र सामाजिक सञ्जालमा राख्ने गरेको छन ।
उनिहरुले राखेको फोटोमा आलोचनात्मक कमेन्ट आईरहेको बेला स्याङजाको वालिङ नगरपालिकाले भने राहात बितरण गर्दा कसैसंग पनि फोटो नखिचाउने बताएको छ । नगरले राहात वितरण गर्दा फोटो खिचाएर सामाजिक संजालमा नराख्ने वालिङ नगरपालिका नगरप्रमुख दिलिप प्रताप खाणले बताए । उनले फोटो खिचाएर राहात नबाड्न सबै वडाले प्रतिबद्धता गरिसकेको भन्दै राहात कुप्पन सिस्टम बाँट बाडिने जानकारी दिए ।
नगरभित्र रहेका अति गरिब पहिचान गरी वडाले नाम नगरलाई उपलब्ध गराए पछि कुप्पन दिने र सोही अनुसार उनिहरुले पसलबाट सामान लैजान सक्ने छन । नगरले राहत बाड्नको लागि वालिङ उद्योग बाणिज्य संघसंग पनि समन्वय गरेर अगाडी बढेको नगरप्रमुख खाणले बताए । वालिङ नगरले स्थापना गरेको कोभिड १९ राहत कोषमा विभिन्न संघ संस्था र व्याक्तिहरुको सहयोगबाट अहिले सम्म करिब १३ लाख जम्मा भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार