ट्रमा सेन्टर : भारइस सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार १६:५७:१६
२५ चैत्र, काठमाडौं । ‘लकडाउन’ का अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन नचल्दा सडक दुर्घटनाका घाइतेको सङ्ख्या घटेपछि कोरोना भारइसको सम्भावित सङ्क्रमितको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ ।
कसो अस्पतालमा अहिले सामान्य अवस्थाभन्दा सबै घाइतेको सङ्ख्या कम भएकामा सडक दुर्घटनाका घाइते विरामी स्वभाविकरुपमा कम भएका छन् । यही चैत ११ गतेदेखि आइतबारसम्म अस्पतालको आकस्मिक कक्षमा ३२४ जना उपचारका लागि आएकामा सडक दुर्घटनाका ९४ आएका थिए । तीमध्ये ४९ जना बिरामी लडेर घाइते भएको र सात जना कुटपिटका कारण घाइते भएको पाइएको छ ।
यसअघि सडक दुर्घटनामा काठमाडौँ उपत्यकाका घाइते मात्रै आउने भएपनि अहिले देशभरका आउने गरेको अस्पतालका निर्देशक डा सञ्तोष पौडेलले बताए। अहिले अन्य अस्पतालले घाइतेको समेत उपचार गर्न नमान्ने हुँदा अधिकांश बिरामी यहीँ आउन थालेका हुन् । यस अवधिमा बालिबालिका आफ्नै घरभित्रै लडेर घाइते भएका घटना भने बढेका छन् । अहिले अस्पतालको आकस्मिक कक्षमा आएकामध्ये आफ्नै घरभित्र लडेर घाइते भएका तीनचार जना बालबालिका उपचाररत रहेको निर्देशक डा पौडेलले बताए ।
हाल मुलुकका विभिन्न जिल्लामा भएका दुर्घटनापछि घाइतेको हेलिकप्टरबाट उद्धार गरिएर वा एम्बुलेन्समार्फत काठमाडौँ आइरहेका छन् । उनले भने, “काठमाडौँ उपत्यका बाहिरबाट आउने बिरामी यो समयमा पनि आइरहेका छन् ।”
अस्पतालले नियमित रुपमा सेवा दिइरहे पनि यहाँ आउने विरामीको सङ्ख्या कम छ र अस्पतालले पनि सकेसम्म चाँडो उपचार गरेर विरामीलाई छिटो घर फर्काउने गरेको छ ।
देश अहिले कोभिड–१९ को जोखिमको दोस्रो चरणमा प्रवेश गरिसकेकाले अन्य विरामीलाई चाँडो पठाएर सम्भावित सङ्क्रमणमा पर्नेका लागि तयारी गरिरहेको उनले बताए । उनले भने, “आकस्मिक र तुरुन्त उपचार चाहिनेलाई उपचार गरेर सक्दो चाँडो घर फर्काइरहेका छौँ ।”
अस्पतालमा आउने दुर्घटनाका घाइतेमध्ये झण्डै २९ प्रतिशत घाइते सडक दुर्घटनाका हुने गरेको विगत तीन वर्षको तथ्याङ्कले देखाएको मेडिकल रेकर्ड अधिकृत सिद्धार्थ ढुङ्गानाले बताए । केही दिन पहिले दोलखामा भएको बलेरो दुर्घटना हुँदा घाइते भएका छ जना यहाँ आएका बाहेक पछिल्ला दिनमा यस्ता घटनामा कमी आएको उनले बताए । दुई पाङ्ग्रे सवारीसाधन दुर्घटना हुँदा आउने घाइतेको सङ्ख्या यो अवधिमा न्यून छ । काठमाडौँ उपत्यका बाहिरका दुर्घटनाका थोरै जटिल घाइते मात्रै यस अस्पतालमा आउने गरेका थिए । ‘लकडाउन’ यता भने उपत्यका बाहिरका विरामी बढेका छन् ।
यसले केही सङ्ख्या थपेपनि समग्रमा दुर्घटना घटिरहेको अस्पतालले जनाएको छ । अस्पतालमा गत वर्ष १८ हजार २६३ घाइते उपचारका लागि आएका थिए । तीमध्ये झण्डै पाँच हजार सवारी दुर्घटनाका घाइते थिए । अस्पतालको तीन वर्षको तथ्याङ्क हेर्दा सडक दुर्घटनाका घाइते २९ प्रतिशत र लडेर, कृषि काम गर्दा, कुटपिटलगायतका कारणले घाइते ६१ प्रतिशत रहेको पाइन्छ ।
सवारीसाधन गुड्न कम हुँदा काठमाडौँ उपत्कालगायतका शहरी क्षेत्रमा प्रदूषण हुनाका साथै सडक दुर्घटना ह्वात्तै घटेको हो । नेपालमा औसतमा दैनिक सात जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको भएपनि यो दुई सातामा यो सङ्ख्या व्यापक घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
जेठ ८, २०८१ मंगलबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
आईपीएलको इलिमिनेटरमा आज राजस्थान र रोयल च्यालेन्जर्स खेल्दै
जेठ ९, २०८१ बुधबार
कडा सुरक्षाबीच सिरोहियालाई धनुषा अदालत पुर्याइयो
जेठ ९, २०८१ बुधबार
'उज्यालो महाभारत' अभियान अन्तिम चरणमा
जेठ ९, २०८१ बुधबार
कैशाल सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन
जेठ ९, २०८१ बुधबार
क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल
जेठ ९, २०८१ बुधबार
सडक विस्तारका लागि पहाड कटान गरिँदै
जेठ ९, २०८१ बुधबार