कोरोना रोकथामका लागि चौतारामा ५० लाखको आपत्कालीन कोष स्थापना
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार १७:१८:५७
२५ चैत, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाको सोमबारको बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सो कोष स्थापना गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने, अतिविपन्न तथा चुलो बाल्नै कठिन भएका परिवारलाई राहत उपलब्ध गराउने भएको छ । सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारको वडाबाट लगत सङ्कलन गरी राहत उपलब्ध गराउने उपप्रमुख जानुका पराजुलीले जानकारी दिएका छन् । यस्तै बैठकले चैत महिनाभित्र विदेशबाट आएका व्यक्ति तथा उनीहरूको परिवारको स्वास्थ्य परीक्षण गर्ने निर्णयसमेत गरेको छ । मेडिकल अधिकृतको नेतृत्वमा घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार