एम्बुलेन्समा कर्मचारी, दूध बोक्ने गाडीमा मदिरा
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार २०:१:९
२५ चैत, मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरु ओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो ।
प्रहरीले ना४च १७७७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएर अबदेखि यस्तो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी प्रहरीले दुग्द्य सामग्री बोक्ने भनेर लेखिएको अटोमा मदिरा बोकेको पाइएपछि पक्राउ गरेको छ । प्रहरीले मकवानपुरगढी गाउँपालिका–५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दुध बोक्ने अटोलाई मदिरासहित नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त अटोमा रहेको करिब १४० लिटर मदिरा जफत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार