जुम्लामा स्थानीय तहद्धारा एक करोडसम्मको राहत कोष खडा गरिँदै
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार २०:२९:५३
२५ चैत, जुम्ला । जुम्लाका आठवटै स्थानीय तहले कोराना भाइरस, (कोभिड –१९)को सम्भावित जोखिमलाई व्यवस्थापन गर्न राहतकोष सञ्चालनमा ल्याएका छन् । न्युनतम रु आठ लाखदेखि अधिकतम एक करोडसम्मको सो कोष खडा गरेको जिल्ल्ला समन्वय प्रमुख लालबहादुर सार्कीले जानकारी दिएका छन्।
कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गर्न एक करोडको कोष स्थापना गरेको नगर प्रमुख कान्तिका सेजुवालले बताएका छन् । उनका अनुसार यसअघि नगरपालिकामा १० लाख रुपैयाँ बराबरको मात्र राहतकोष खडा गरिएको थियो । कोषमा सङकलित रकम अपुग भएकाले नगरकार्यपालिका बैठकले एक करोड पु¥याएको नगरपालिका प्रवक्ता अर्जुनसिंह कठायतले जानकारी दिएका छन् । सो कोषमा जनप्रतिनिधिले दुइ पटकको बैठक भत्ता र कर्मचारीले एकदिनको तलब भत्ता कटाएर राहत कोषमा जम्मा गर्ने निर्णय भएको थियो ।
राहत वितरण गर्न उपप्रमुख अप्सरादेवि न्यौपाने महतको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । चन्दननाथ नगरकार्यपालिकाको सो बैठकले सो भाइरसको जोखिमबाट नगरपालिकालाई मुक्त बनाउन ८ स्थानीयतहसँंग समन्वय ,राहत वितरण एकद्वारप्रणालीबाट गर्ने, सङक्रमित भेटिएमा निःशुल्क उपचार गर्ने, नगरपालिका भित्र अपरिचित व्यक्तिलाई प्रवेशमा रोक लगाउने लगायतका निर्णय गरेको प्रवक्ता कठायतले जानकारी दिएका छन् ।
जुम्लाको गुठिचौर गाउँपालिकाले राहतकोष खडा गरेको छैन् । तर कोराना भाइरसको जोखिम हुन नदिन बजेट खर्च गरिरहेको छ । कनकासुन्दरी गाउँपालिकामा ६० लाखको राहतकोष बनाइएको छ । पातारासी गाउँपालिकाले १० लाख , तातोपानी गाउँपालिकाले ८ लाख , तिला र हिमा गाउँपालिकाले दश लाख र सिंजा गाउँपालिकाले १५ लाख को राहतकोष खडा गरेका छन् । गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी कलडाउनका कारण कार्यपालिका बैठक बस्न नसकेको र राहत कोष स्थापना नभएको बताएका छन्।
एक नगरपालिका सहित सात गाउँपालिका गरी कोरोना रोकथाम तथा राहत वितरणका लागि झण्डै २ करोड ५० लाख बरावरको कोष खडा हुने भएको हो । कोषमा सहयोग गर्न सहयागीहातलाई अपिल गरिएकोछ । राहतकोष खडा गरेर यहाँका स्थानीय तहले नमुनाको काम गरेको भन्दै रकम खर्चमा पारदर्शीता देखाउन स्थानीयले आग्रह गरेका छन् । राहतकोष खडा गर्नु पूर्व यहाँका स्थानीय तहले जथाभावी रकम खर्च गरेका छन् । कार्यपालिका तथा विपत् व्यवस्थापन समितिको बैठक नबसेर रकम खर्च गरेकोले पछि समस्या आउन सक्ने नेकपा नेता पुर्णप्रसाद धिताले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार