पत्रकारमाथि भईरहेका आक्रमण, दुर्व्यवहार, हातपात, समाचार संकलनमा रोक लगायतका घटना निन्दनीय र आपत्तीजनक भएको महासंघको ठहर
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार २१:३२:३५
२५ चैत्र, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको उच्च संक्रमणलाई ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भईरहेका आक्रमण, दुर्व्यवहार, हातपात, समाचार संकलनमा रोकलगायतका घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै लकडाउनको यस विषम परिस्थितिमा पनि अनेकौ. कठिनाई र जोखिम मोलेर नागरिकलाई सुसुचित गराउने दायित्व बोकेका पत्रकारलाई देशका विभिन्न ठाँउमा भैरहेको धरपकड, हातपात र गालीगलौजको कडा शब्दमा भत्सनाृ गरेका छन् । उनले संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी पत्रकारलाई सही र सहज ढङ्गबाट सूचना उपलब्ध गराउन र स्वतन्त्र, सुरक्षित एवं निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्नसमेत सम्बन्धित सबै पक्षसँग माग गरेका छन् ।
महासंघका अनुसार चैत्र २४ गते सोमबार महासंघका प्रदेश सभासद तथा नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्यायलाई समाचारको विषयमा प्रतिक्रिया लिन खोज्दा कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियारले गालीगलौज गर्दै धम्क्याएका छन् भने सुर्खेतस्थित जागरण एफएमका समाचार बाचक नन्द कठायतलाई रेडियोको कार्यालय जाँदै गर्दा प्रहरीले हातपात गरेका छन् । यसैगरी चैत्र १६ गते महासंघको कर्णाली प्रदेश समिति सदस्य एवं अन्नपूर्ण पोष्ट दैनिकका कालीकोट संवाददाता विष्णुप्रसाद न्यौपानेलाई समाचारको विषयलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट गालीगलौज गर्दै धम्की दिइएको छ ।
यस्तै महासंघ धनकुटा शाखाका अनुसार चैत्र २४ गते जिल्ला प्रशासन कार्यालय धनकुटाको जिल्ला दैवी प्रकोप उद्धार कोषमा स्व. सूर्यबहादुर थापा फाउण्डेसनको संयोजनमा विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्ने कार्यक्रममा समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटा पुगेका महासंघ धनकुटा शाखाका निवर्तमान अध्यक्ष एवं हिमालय टाइम्स दैनिकका सम्वाददाता खगेन्द्रप्रसाद घिमिरे र कार्यसमिति सदस्य एवं हिमालयन टेलिभिजनका सम्वाददाता कविराज घिमिरेलाई स्थानीय प्रशासकको आदेशमा जिल्ला प्रशासन परिसरबाट अपमानजनक ढंगबाट बाहिर निकालिएको छ ।
त्यस्तै महासंघ धनकुटा शाखा उपाध्यक्ष एवं द धनकुटा हेराल्ड दैनिकका सम्पादक नगेन्द्र राई, शाखा सहसचिव एवं अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता हरिबहादुर लम्जेल, रेडियो भेडेटारका स्टेशन प्रमुख पूर्णकुमार चौधरी, थाहा सञ्चार धनकुटा सम्वाददाता र्इश्वर थापालगायतलाई सुरक्षाकर्मीहरुले माथिको आदेश भन्दै समाचार संकलनमा रोक लगाउँदै जिल्ला प्रशासन परिसर बाहिर नै रोकेका थिए भने खिचिएको तस्वीर मेटाउन लगाएका थिए ।
यस्तो असहजताका बीच अनेकौ कठिनाई र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व बहन गरिरहेका पत्रकारमाथि कुनै पनि बहानामा आक्रमण, दुर्व्यवहार, धम्की, गालीगलौज, समाचार संकलनमा रोकलगायतका घटना हुनु आफैंमा निन्दनीय र आपत्तिजनक भएको महासंघले ठहर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार