वालिङ नगरपालिकाले एसईई दिने विद्यार्थीलाई वालिङ टेलिभिजन मार्फत पढाउने
नेपालबहस संवाददाता
चैत २५, २०७६ मंगलबार २३:२०:३१
२५ चैत वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइइ दिने तयारीमा रहेका विद्यार्थीहरुको लागि विशेष कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड १९ कोरोना भाईरसका कारण परीक्षा दिन नपाएका आफ्ना नगरपालिका भित्र रहेका विद्यार्थीहरुको लागि नगरपालिकाले टेलिभिजनबाट कक्षा सञ्चालन गर्ने भएको हो ।
परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुले पढेका कुराहरु बिर्सन सक्ने भन्दै नगरपालिकाले पुनर्ताजकीको लागि यही बिहिबार साँझ ६ बजे वालिङ टेलिभिजन एचडि मार्फत पढाउने भएको हो । कोभिड १९ को संक्रमण रोकथामको लागि नेपालमा गरिएको लक डाउन लम्बिदै गएपछि नगरले विद्यार्थीहरुको पढाईमा कुनै असर नपारोस भन्ने लक्ष्य राखेर टेलिभिजनबाट विशेष कक्षा सञ्चालन गर्न लागेको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
नगरप्रमुख खाँडले पहिलो पटक सुरु गर्न लागिएको यो विशेष कक्षाले आगामी दिनमा समेत स्मार्ट तरीकाबाट पढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । बिहीबार साँझदेखि सञ्चालन हुने कक्षामा गणित, अंग्रेजी र विज्ञान विषयको पढाई हुने छ भने कक्षाको लागि वालिङ टेलिभिजनले समायोजन गर्ने छ । कक्षामा सहभागिता जनाउन र आफ्नो प्रश्न राख्नको लागि विद्यार्थीहरुले वालिङ टेलिभिजनमा सम्पर्क गर्न नगरप्रमुख खाँणले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार