कालोबजारी गरेको अभियोगमा जगदम्बा स्टीलका सुलभ अग्रवाल पक्राउ
नेपालबहस संवाददाता
चैत २५, २०७६ बुधबार ०:३:५६
२५ चैत, काठमाडौं । व्यवसायिक घराना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले कालोबजारीको आरोपमा उनलाई नक्सालबाट पक्राउ गरेको छ । संकटमा भनौं वा अभाव सिर्जना गरेर किन नहोस्, कालोबजारी गरेर करोडौं कुम्ल्याउने र आफूलाई दुनिँयाको नजरमा दानी देखिन लाख दान गर्नेहरुको नियत यसरी छरपष्ट भएको छ ।
नक्सालमा गगनचुम्बी होटल बनाउने नाममा वरपरका छिमेकीको बास उठाउने, सडक समेत भासिने गरी भवन निर्माण गरेको शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई ३ हजार पर्ने थर्मल गन १५ हजारका दरले बिक्री गरेको आरोपमा अपराध महाशाखाले आज पक्राउ गरेको हो ।
विवादास्पद उद्योगी शंकर गोल्यानका छोरा सुलभ जगदम्बा स्टील तथा सिमेन्टका प्रबन्ध निर्देशक हुन् । विश्वभर कोरोनाको महामारी चलिरहेका बेला अग्रवालको परिवार भने कसरी जनता लुट्न सकिन्छ भन्ने ध्याउन्नमा लागेको यस घट्नाबाट देखिएको छ ।
धनको आडमा कुटनीतिक पद समेत अंगालेका सुलभ कीर्गिस्तानको अवैतानिक महावाणिज्य दूत समेत रहेका उनी कूटनीतिक नियोगकै नम्बर प्लेट भएको गाडी चढेर थर्मल गन बिक्री गर्न पुगेका थिए । अग्रवालले कूटनीतिक नियोगको गाडी दुरुपयोग गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए । उनले यही निलो कुटनीतिक नम्बर प्लेट भएको कारमा प्रहरीले ६७ थान ‘थर्मल गन’ सहित झण्डावाल कार पनि नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले खरीदकर्ता बनेर सुलभलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिने क्रममा आक्रोसित बनेका सुलभले प्रहरीको गाडीमाथि अन्धाधुन्द लात्ती प्रहार गर्नुका साथै लुकिङ ग्लास समेत फोडिदिएका थिए ।विभिन्न दलका प्रभावशाली नेता तथा प्रशासन क्षेत्रका केही उच्च पदस्थ कर्मचारीलाई पकेटमा राख्दै आएको शंकर ग्रुपमाथि प्रहरीले कस्तो कारवाही गर्ला त्यो त समयले नै देखाउँला ।
शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट ७ टन स्वास्थ्य सामग्री ल्याएको थियो । त्यसमध्ये ज्वरो नाप्ने थर्मल गन अग्रवालले दोब्बर बढी रकममा बिक्री गरिरहेको सूचना प्रहरीको अपराध महाशाखाले आइतबारै प्राप्त गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
दाङमा बस र मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
पुष ५, २०८१ शुक्रबार
नबिल बैंकिङ सेवा अझ सरल, सुरु भयो निःशुल्क टोल-फ्री सुविधा
पुष ५, २०८१ शुक्रबार
एसएम डेन्टल एण्ड स्किन केयरमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
पुष ५, २०८१ शुक्रबार
द आर्ट अफ लिभिङ नेपाल’द्धारा अन्तराष्ट्रिय ध्यान डे २०२४ को आयोजना
पुष ५, २०८१ शुक्रबार