सुरक्षाका लागि अहोरात्र खट्ने प्रहरीलाई छैन मास्क र पञ्जा !
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार १५:३२:१८
२६ चैत्र, जीतपुर । कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र परिचालित प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् ।
लकडाउनका समयमा सिमानाको सुरक्षामा खटिनेदेखि चोकचोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक मात्रामा सुरक्षाका सामग्री पाउन सकेका छैनन् । अधिकांश प्रहरीको हातमा पञ्जा छैन भने कतिपयले मास्कसमेत पाएका छैनन् ।
अहिले प्रहरी र स्वास्थ्यकर्मी नै कोरोना भाइरसविरुद्ध सबैभन्दा बढी खटिएका छन् । जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव खड्किएको छ । कपिलवस्तु प्रहरीले आफ्नै स्रोतबाट स्वास्थ्य सामग्री जुटाई सुरक्षा प्रबन्ध मिलाउँदै आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबरा बताउछन।
जिल्लामा करीब आठ सय सुरक्षाकर्मीमध्ये आधा सुरक्षाकर्मी क्वारेन्टाइनको सुरक्षामा खटिएका छन् । प्रहरी उपरीक्षक जबराले भने, ‘संक्रमणको चिन्ता हामीलाई पनि छ तर असुरक्षित भए पनि निर्देशनअनुसार खट्नुपरेको छ ।’ कपिलवस्तुमा जस्तै समस्या रुपन्देही जिल्लामा पनि देखिएको छ । रुपन्देहीमा प्रहरीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा काममा समस्या भएको छ ।
सामग्रीको पखाइमा रहेको बताउँदै केही सामग्री आफ्नै स्रोतसाधन व्यवस्थापन गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए । समयमै कतैबाट सुरक्षा सामग्री उपलब्ध भए निर्धक्कका साथ सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने दृढता उनले व्यक्त गरे ।
उनका अनुसार साठी किलोमिटर रुपन्देहीको सीमालाई बन्द गरिएको छ । रुपन्देहीका सीमा नाका भारतीय गाउँमा केही सङ्क्रमित भेटिएसँंगै सुरक्षालाई थप कडाइका साथ अघि बढाइएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार