विपन्न परिवारका लागि सहकारीद्वारा एक करोड ५० लाख सहयोग
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार १८:५८:१४
२६ चैत, झापा । सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न रु एक करोड ५० लाख सहयोग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलन नदिन दुई साता अघिदेखि मुलुक लकडाउन भएसँगै विपन्न परिवारलाई खानाखान समस्या भएको भन्दै स्थानीय तहसँग समन्वय गर्दै सहकारीले राहत सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका हुन् । जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालका अनुसार सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले मात्रै रु ५० लाखको सहयोग गरेको छ ।
प्रदेश नं. १ सरकार, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समन्वय समितिसँगको सहकार्यमा आइसोलेशन, क्वारेन्टाइमा बसेका र विपन्न परिवारको खाद्यन्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि पीपीई खरिद सहयोगका लागि रु ५० लाखको राहत कोष खडा गरिएको हो । सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सहकारीले सहारा कर्मचारी मानवीय सहायता कोष’ बाट विपद्मा परेकालाई सहयोग गर्न रु ५० लाखको कोष खडा गरेको र सोही कोषबाट सहयोग गरिएको हो ।
त्यस्तै नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरले रु १७ लाख, बिर्तामोडमा रहेका कर्णाली, सिम्रिक सहकारी संस्थाले रु आठ/आठ लाख र हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु पाँच लाख नौ हजार, पूर्वी नेपाल सहकारी संस्थाले रु चार लाख तथा मेची सहकारी संस्थाले रु दुई लाख तीन हजार राहत कोषका लागि सहयोग गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष ढकालले बताएका छन् ।
कतिपय सहकारी संस्थाले सोझै खाद्यान्न सहयोग गरेका छन् । स्थानीय तहसँग समन्वय गर्दै झापाका १५ वटै स्थानीय तहमा सहयोग गर्ने दुई दर्जनभन्दा बढी सहकारी छन् अध्यक्ष ढकालले भने, “ अहिलेसम्मको तथ्याङ्कमा विपन्न परिवारका लागि खाद्यान्न सहयोग गर्न झापाका सहकारीले रु एक करोड ५० लाख सहयोग गरेका हुन् । रु एक लाख र रु ५० हजार सहयोग गर्ने धेरै सहकारी छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार