कोरोनाको जोखिम बढे पछि अमरगढीका स्वास्थ्यकर्मी जुटे घरदैलो अभियानमा
नेपालबहस संवाददाता
चैत २६, २०७६ बुधबार २०:०:०
२६ चैत, डडेल्धुरा । कोरोना भाइरसको जोखिम देखिएपछि डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकले उच्च सतर्कता अपनाएको छ । नगरपालिकामा भारतलगायत अन्य ठाउँबाट आएका मानिसको अवस्थाबारे जानकारी लिन स्वास्थ्यकर्मी घरदैलो कार्यक्रममा जुटिरहेका छन् ।
सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य अवस्था बुझ्नाका साथै कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मी घरदैलोमा जुटेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताएका छन् । बस्ती तथा घरमा गएर मास्क वितरणसँगै स्वास्थ्य सचेतीकरण जगाउन अभियान सञ्चालन गरेको उग्रतारा स्वास्थ्य चौकी अमरगढी–७ पोखराका प्रमुख ललित केसीले बताएका छन् । अहिले जिल्ला सदरमुकाममा कीटनाशक औषधि छर्किनेदेखि सबै पालिकामा लकडाउनलाई पूर्णरूपमा कार्यान्वयन गराउन स्थानीयवासी, प्रहरी प्रशासन, जनप्रतिनिधि सक्रियताका साथ काम गरिरहेका छन् ।
अमरगढी नगरपालिकाले सार्वजनिक क्षेत्रमा कीटनाशक औषधि छर्कन शुरु गरेको छ । भारतबाट आएका नेपाली धेरै भएकाले अमरगढी नगरपलिकाले वडा नं १० र ११ लाई सिल गरेको हो । सिलसँगै यी दुई वडाभित्रका नागरिकले एउटा घरबाट अर्को घर जानसमेत नपाइने अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताएका छन् । सशस्त्र प्रहरी बल खटिएका जिल्ला प्रशासन कार्यलय डडेल्धुराले जनाएको छ ।
जिल्लाको परशुराम नगरपालिकाको तातोपानी, शीर्ष र असुरानी क्षेत्रमा सशस्त्र प्रहरी बल खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले जानकारी दिएका छन् । अहिले जिल्लाको ती नाकामा ३० जनाको टोली खटाइएको छ । डडेल्धुराका तीन साना नाकामा सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार