कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा सिसिएमसी
नेपालबहस संवाददाता
चैत २६, २०७६ बिहिबार ०:२३:४३
२६ चैत्र, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ‘सिसिएमसी’ स्थापना गरेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभरि नै कोभिड–१० को रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरिएको जानकारी गराए । यसअघि केन्द्रीयस्तरमा कोभिड–१९ सिसिएमसी स्थापना गरिएको थियो ।
उनले केन्द्रीय सिसिएमीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्णरुपमा तयार भएको जानकारी दिए । त्यहाँ अहिले सयभन्दा बढी श्यया र छ वटा सघन उपचार कक्ष ९आइसियु० तयारी अवस्थामा राखिएको छ । यसैगरी उनले आठजना सङ्क्रमितका आफन्त, परिवार र साथीभाइको निगरानी ‘कन्ट्याक ट्रेसिङ’ सकिसकेको जानकारी दिए । उनका अनुसार आजसम्म दुई हजार ३६६ नमूना परीक्षण गरिएको छ तर नयाँ सङ्क्रमित भेटिएको छैन ।
आजै १८० नमूना परीक्षण सङ्कलन गरिएको र ती सङ्कलितको नमूना परीक्षण भइरहेको छ । उनले मङ्गलबारदेखि ¥यापिड टेस्टमार्फत कैलाली र कञ्चनपुरमा नमूना परीक्षण भइरहेको बताए । ती ठाउँमा १८० जनाको नमूना परीक्षण भइरहेको छ । यसैगरी अछाम, जुम्ला र सुर्खेतमा ८०२ जनाको स्वाब नमूना सङ्कलन गरेर काठमाडौं ल्याइएको छ भने दिपायलमा आज ३०० जनाको स्वाब सङ्कलन गरिने छ ।
उनका अनुसार अहिले मुलुकभरि १३४ जना आइसोलेशनमा रहेका छन् । आठ हजार ५८० जना क्वारेन्टाइनमा रहेका छन् । कल सेन्टरमा तीन हजार ३०६ जनाको गुनासा सम्बोधन भएका छन् । मन्त्रालयको वेबसाइट र मोबाइल एपबाट ८२९ जनाले कोभिड–१९ को स्वपरीक्षण ‘सेल्फ इभ्यालुशन’ गरेका छन् । तीमध्ये तीनजना रेड जोनमा परेका उनले जानकारी दिए ।
मन्त्रालयले नमूना सङ्कलनको दायरा बढाउनका लागि धनगढी, नेपालगञ्ज र पोखरामा ठूलो पिसिआर मेशिन पठाएको उनले बताए। यसैगरी मन्त्रालयले क्वारेन्टाइन निर्देशिका, सङ्क्रमण निदानका निम्ति कार्यविधिसमेत तयार पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
वैदेशिक रोजगारीमा भएको ठगिलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार