पुमाभिरको जङ्गलमा भिषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी
नेपालबहस संवाददाता
चैत २६, २०७६ बिहिबार ०:२८:५९
२६ चैत्र, लमजुङ । दक्षिण एशियाकै नमूना घलेगाउँ जाने बाटो नजीकै बेँसीशहर नगरपालिका–६ स्थित पुमाभिर जङ्गलमा मङ्गलबार राति ८ः०० बजेदेखि आगलागी भएको आजसम्म नियन्त्रणमा आउन सकेको छैन । हालसम्म १७ हेक्टर क्षेक्रफलमा आगलागी भइसकेको र आजसम्म पनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमबहादुर पुनले बताए ।
आगलागी भएको करीब २० घण्टा हुँदासमेत आगो निभेको छैन । उक्त जङ्गलमा आगलागी भएको खबरपछि प्रहरी मङ्गलबार नै पुगेको थियो तर ठूलो आगलागी भएका कारण र स्थानीयवासी कोही त्यहाँ नआएपछि वडाध्यक्षलाई खबर गरेर प्रहरी फर्किएको उनको भनाइ छ ।
प्रहरीका अनुसार अझै केही हेक्टर क्षेत्रफलसम्म आगलागी हुनेछ । सो जङ्गल वरिपरि कुनै बस्ती नभएकाले आगो नियन्त्रणको प्रयास कसैबाट नभएको र बस्तीतिर आउन लागेमा मात्र आगो निभाउने प्रयास गरिने वडाध्यक्ष भोजबहादुर रिमालले बताए ।
त्यस्तै मङ्गलबार राति राइनास नगरपालिकास्थित भलायोखर्कको जङ्गलमा आगलागी भएको र सो आगो राति १२ः०० बजे नियन्त्रणमा आएको प्रहरीको भनाइ छ । यस भिरमा कति क्षेक्रफलमा आगलागी भएको यकिन भने आइनसकेको प्रहरीको भनाइ छ । केही दिनअघि सुन्दरबजार नगरपालिका–१ कुन्छा नजीकैको एक जङ्गलमा आगलागी हुँदा १५ हेक्टर वन सखाप भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार