गल्याङमा दश वटा वडाका झण्डै ११ सय परिवारलाई राहत वितरण
नेपालबहस संवाददाता
चैत २६, २०७६ बिहिबार १:२४:३५
२६ चैत्र, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाका दश वटा वडामा राहत वितरण गरेर सकिएको छ । वडा नम्बर नौ बाहेकका सबै वडामा राहत वितरण गरेर सकिएको हो ।
कोरोना भाइरसको संक्रमणबाट साबधानी अपनाउन गरिएको लकडाउनका कारण समस्यामा परेका दश वटा वडामा रहेका अति विपन्न, दैनिक ज्यालादारी, सिमान्तकृत गरिब र असहायहरुलाई राहत वितरण गरिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिए । अहिलेसम्म वडा नम्बर नौ बाहेकका अन्य दश वटा वडामा गरी एक हजार ८६ परिवारका चार हजार दुई सय ४० जना व्यक्तिका लागि राहत वितरण गरिएको उनले जानकारी दिए । पहिलो चरणमा १५ दिनका लागि प्रतिव्यक्ति पाँच किलो चामलका दरले अहिलेसम्म २१ हजार छ सय किलोग्राम चामल वितरण गरिएको नगरप्रमुख अधिकारीले स्पष्ट पारे ।
उनले भने –“अहिले हामीले १५ दिनका लागि मात्रै राहत वितरण गरिरहेका छौं । लकडाउन सकिएको एक हप्तासम्मका लागि हामीले राहत वितरण गर्नेछौं ।”यस्तै, अहिलेसम्म एक हजार तीन सय ६७ किलो दाल वितरण गरिएको छ भने एक हजार ७४ लिटर खाने तेल, एक हजार एक सय ४५ किलो ग्राम नुन र एक हजार ८५ वटा हात धुने साबुन वितरण गरिएको छ ।
गल्याङमा हालसम्म सबैभन्दा धेरै वडा नम्बर तीनमा एक सय ७५ परिवारलाई राहत वितरण गरिएको छ भने सबैभन्दा कम वडा नम्बर दश मा ४० परिवारलाई राहत वितरण गरिएको छ । वडा कार्यलयमा राहत माग गरिएकाहरुको आधारमा वडा समितिले सिफारिस गरे अनुसार नगरपालिकाबाट राहत वितरण भैरहेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।
उनले भने –“पहिलो चरण सकिएपछि समिक्षा गरेर अर्को चरणमा अझै व्यवस्थित तरिकाले राहत वितरण हुनेछ ।” वडा नम्बर नौ मा आन्तरिक तयारी पुरा नभएका कारण विहिबार मात्रै राहत वितरण हुने भएको छ । अति विपन्न केही व्यक्तिहरु छुटेको खबर प्राप्त भएपछि सबैलाई मिलाएर विहीबार राहत वितरण गर्ने तयारी भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार