जापानमा संकटकाल घोषणापछिको पहिलो दिनमै सङ्क्रमितको संख्यामा बृद्धि
नेपालबहस संवाददाता
चैत २६, २०७६ बिहिबार ४:४२:२१
२६ चैत्र, एजेन्सी । जापानमा संकटकाल घोषणा गरेपछिको पहिलो दिनमै कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको छ । जापानका स्वास्थ्य मन्त्री र स्थानीय सरकारका अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म देशभरी ३०९ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।
यो सँगै जापानमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितको कुल संख्या चार हजार ७६८ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या १०९ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । कोरोनाको सङ्क्रमण थप फैलिदै जाने देखेर जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार संकटकालको घोषणा गरेका छन् ।
संकटकाल राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो । जापानमा अहिलेसम्म कुल सङ्क्रमित मध्ये सवैभन्दा धेरै राजधानी टोकियोमै रहेका छन् । टोकियोमा एक हजार ३३९ जना संङ्क्रमित हुँदा दोस्रो धेरै संक्रमित भएको ओसाकामा ४८१ जना संक्रमित रहेका छन् ।
त्यसैगरी कानागावामा ३३२ जना, चिबामा ३०७ जना, ऐची क्षेत्रमा २६० जना सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कुल विरामी मध्ये ८८ जनाको अवस्था गम्भीर रहेको पनि स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये एक हजार २४२ जना भने निको भएर घर फर्किएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार