महाराष्ट्रमा दिन प्रतिदिन ‘कोभिड १९’ का सङ्क्रमित बढ्दै
नेपालबहस संवाददाता
चैत २६, २०७६ बिहिबार ४:५१:१
२६ चैत्र, एजेन्सी । महाराष्ट्रमा ‘कोभिड १९’ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । सङ्क्रमितहरुको संख्या त्यहाँ १ हजार ७८ जना पुगेको बताइएको छ । आजमात्र महाराष्ट्रमा कोभिड १९ का ६० जना संक्रमित भेटिएका छन् । योसँगै महाराष्ट्रमा कोभिडका संक्रमितहरुको संख्या एक हजार नाघेको बताइएको छ ।
यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । आज भेटिएका ती ६० जनामा ४४ जना स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । ती ६० मध्येका ४४ जना ‘बृहनमुम्बई म्युनिसिपल कर्पोरेसन’ क्षेत्रका भएका पाइएको यहाँको स्थानीय सरकारी अस्पतालका एक प्रवक्ताले जनाएका छन् ।
भारतमा योसँगै पछिल्लो २४ घन्टाभित्र मात्र ७७३ जना सङ्क्रमित भेटिएका छन् । भारतमा एकै दिनमा यतिधेरै विरामी भेटिएको यो नै पहिलो घटना भएको अधिकारीहरुको भनाई छ । भारतमा बुधबारसम्म ५ हजार १९४ जना सङ्क्रमित पाइएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कुराको जानकारी दिएको हो ।
यसरी भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्रमितहरु देखिएका पनि बताइएको छ । यहाँका ४०१ जना सङ्क्रमित भने उपचार पछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा अहिले पनि भारतमा ४ हजार ६४३ जना विरामी अस्पतालमा उपचाररत छन् ।
मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार यहाँ गएको २४ घन्टा भित्रमात्र मृत्यु हुनेको संख्या १० पुगेको छ । आजमात्र १० जना कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् । यसरी भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४९ जना पुगेको बताइएको छ । महाराष्ट्रपछि सबैभन्दा बढी विरामी तालिनाडूमा छन् । तामिलनाडूमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या ६९० रहेको छ ।
त्यसपछिका बढी संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा यसका संक्रमितको संख्या ५७६ रहेको छ । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु बडो चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार