सडकमा ड्युटी गर्नेको तलब काट्ने ?
कुसुम सेञ्चुरी
चैत २७, २०७६ बिहिबार १७:४६:३५
२७ चैत्र, काठमाडौं । दुई सातादेखि लगातार उनको ट्युटी कोटेश्वर र तीनकुने क्षेत्रमा छ । कहिले बिहान त कहिले बेलुकी । उनलाई थाहा छैन, ड्युटीमै बसेका उनको तलब सरकारले कट्टी गरेको छ रे । सर्वसाधारणको सुरक्षाका लागि उनी र उनी जस्ता धेरै जना सुरक्षाकर्मीको दैनिकी यस्तै छ ।
सडकमा ड्युटी गरिरहेका यी प्रहरी जवानको तलवमानमा सरकारले तीन दिनको कटौती गरेको हो । घरपरिबारसँग नभेटेको पनि यी सशस्त्रका प्रहरी जवानको एक बीस हुन लागिसक्यो । देश र जनताका लागि सेवा गरेवापत सरकारका तर्पmबाट उनले पाएको पुरष्कार हो यो । आजै बिहान उनलाई कसैले यसबारे जानकारी दियो । त्यसपछि उनले लामो सुस्केरा हालेर भने – महामारीका बेला हाम्रो योगदान ड्युटीले मात्रै पुगेनछ क्यारे सरकारलाई ।
कोरोना भाइरसको महामारी फैलन थालेपछि सरकारल कोरोना रोकथाम, नियन्त्रण र राहत उपचार कोष खडा गरेको छ । त्यसमा सर्वसाधारणदेखि उद्योगी व्यापारीले मनग्गे सहयोग दिइरहेका छन् । अर्बाै रुपैयाँको कोष तयार भएको छ । तर राज्यको उपल्लो तहमा बस्ने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरुले भने त्यो कोषमा स्थायी रुपले कुनै योगदान दिएका छैनन् ।
छिमेकी भारतमा यी पदाधिकारीले एक वर्षका लागि आफ्नो तलव सुविधाको ३० प्रतिशत कटौती गरेर कोषमा दाखिला गरेका छन् । तर हाम्रा नेताले भने त्यो त्याग गर्ने भावना किंचित देखाएका छैनन् । सरकारले बरु कोरोना भाइरससँग फ्रण्ट लाइनमा बसेर युद्ध लडिरहेका सुरक्षाकर्मी, चिकित्सक र पत्रकारहरुकै तलबमा भने कटौती गर्ने निर्णय गरेको छ ।
टेकु अस्पतालमा कार्यरत एकजना स्वास्थ्यकर्मीले सरकारको यो निर्णयलाई अविवेकी र अमानवीय भने । अहिले त राजनीतिकर्मीले आफूलाई रोलमोडेल बनाएर हिंड्ने बेला हो भन्दै उनले तर पैसाका लागि मरिहत्ते गर्ने वर्गमा देखिएको बताए । हामीले ज्यान जोखिममा राखेर काम गरेको पैसा कटाउने अनि त्यही पैसामा ¥याल चुहाउने नेताहरुको गिद्धे चरित्रप्रति उनले आक्रोश प्रकट गरे ।
प्रधानमन्त्री, मन्त्री र केही कर्मचारीलाई भ्रष्ट्राचार गर्न हामीले पैसाको जोहो गरिदिनुपर्ने ? भन्दै उनले यस्तो परिपाटीको अन्त्य गरी राजनीतिकर्मीको तलब र भत्ता रोकेर राहत कोषलाई बलियो बनाउनुपर्ने उनको सुझाव छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपपोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
असार १०, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
असार ५, २०८१ बुधबार
दोलखा घर भएका अजितले आफैले बोकेको राइफलबाट निधारमा गोली हानेको प्रहरीको निष्कर्ष
असार ५, २०८१ बुधबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
घिसिङ र उद्योगीबीच वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार
विवाहपछि सोनाक्षीले भावुक नोट शेयर गर्दै सबैप्रति आभार व्यक्त गरिन्
असार १२, २०८१ बुधबार
बुधबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार