गल्याङको राहत कोषमा गल्याङ बचतबाट ४० हजार र जेसिजबाट ११ हजार सहयोग
नेपालबहस संवाददाता
चैत २७, २०७६ शुक्रबार २:३८:११
२७ चैत्र, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा स्थापना गरिएको राहत कोशमा सहयोग रकम आउने क्रम बढेको छ ।
कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्नहरुको सहयोग गर्न स्थापना गरिएको राहत कोशमा रकम आउने क्रम बढेको हो । विहिबार राहत कोशमा गल्याङ बचत तथा ऋण सहकारी संस्थाले राहत कोशका लागि ४० हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको छ ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको कार्यकक्षमा गल्याङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण भट्टराईले नगरप्रमुख अधिकारीलाई सहयोग रकम हस्तान्तरण गरे । सहयोग रकम ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले समस्या परेको बेलामा सहयोग गरेको भन्दै गल्याङ बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले सहयोग गरिएको रकम पारदर्शी रुपमा वास्तविक पीडितहरु सामु पु¥याइने स्पष्ट पारे ।
नगरप्रमुख अधिकारीले भने –‘सहयोग गरिएको सम्पूर्ण रकम पारदर्शी ढंगले वितरण हुनेछ । एकद्वार प्रणालीबाट राहत वितरण गरिने भएकाले अन्य व्यक्ति तथा संस्थालाई पनि सहयोगको अपिल गर्दछु ।’ उनले थोरै थोरै रकम भएपनि विपदको बेलामा सहयोग गर्न आग्रह गरे । रकम हस्तान्तरण गर्दै गल्याङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण भट्टराईले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट जोखिम कम गर्न गरिएको लकडाउनबाट पीडित बनेकाहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले थोरै भएपनि सहयोग गरिएको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा गल्याङ बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ओमबहादुर थापाको पनि उपस्थिति रहेको थियो ।
यस्तै, गल्याङ जेसिजले पनि गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा ११ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । नगरप्रमुखको कार्यकक्षमा गल्याङ जेसिजका अध्यक्ष दर्वेन्द्रदेब खनालले नगरप्रमुख भुपराज अधिकारीलाई राहत रकम हस्तान्तरण गरे । राहत ग्रहण गर्दै नगरप्रमुख अधिकारीले गल्याङ जेसिजले छोटो समयमा नै धेरै रचनात्मक काम गरेको बताए । उनले आगामी दिनमा पनि अन्य कार्यक्रमहरु पनि सँगसँगै गर्नका लागि प्रस्ताव ल्याउन जेसिजलाई आग्रह गरे ।
नगरप्रमुख अधिकारीले भने –‘सामाजिक सेवामा क्रियाशिल जेसिजले ल्याएको प्रस्ताव अनुसार सामाजिक काम गर्न नगरपालिका प्रतिबद्व छ ।’ कार्यक्रममा गल्याङ जेसिजका अध्यक्ष दर्वेन्द्रदेब खनालले गल्याङ जेसिज सामाजिक संस्था भएको र कुनै रकम बचत नहुने गरेपनि सदस्यहरुबाट संकलन गरेर थोरै भएपनि सहयोग गरेको बताए । गल्याङ जेसिजका महासचिव खगेन्द्र भण्डारीले एकद्वार प्रणालीबाट राहत वितरण भैरहेकोमा गल्याङ जेसिज पनि साथ साथमा हुन चाहेको बताए ।
गल्याङको प्रकोप व्यवस्थापन राहत कोशमा हालसम्म तीन लाख २३ हजार पाँच सय ३२ रुपैयाँ संकलन भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद पाण्डेले जानकारी दिए । कोशमा अहिलेसम्म गल्याङ नगरपालिकाका विभिन्न आठ वटा संस्थाहरुबाट यो रकम प्राप्त भएको उनले स्पष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार