गल्याङमा पहिलो चरणको राहत वितरण सम्पन्न , ११ वटै वडामा झण्डै २५ हजार किलो चामल वितरण
नेपालबहस संवाददाता
चैत २७, २०७६ शुक्रबार ३:४५:२४
२७ चैत्र, गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा पहिलो चरणमा राहत वितरणको काम सकिएको छ ।
११ वटै वडामा पहिलो चरणमा १५ दिनका लागि राहत वितरणको काम सकिएको हो । गल्याङ नगरपालिकाका विभिन्न वडाहरुमा १५ दिनका लागि प्रतिव्यक्ति पाँच किलो चामलको साथै एक लिटर तेल, एक किलो दाल, एक किलो नुन र एउटा हात धुने साबुन वितरण गरिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट साबधानी अपनाउन गरिएको लकडाउनका कारण समस्यामा परेका अति विपन्न, दैनिक ज्यालादारी, सिमान्तकृत गरिब र असहायहरुलाई राहत वितरण गरिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिए । पहिलो चरणमा सबै वडामा गरी एक हजार दुई सय एक परिवारका चार हजार छ सय ६५ जना व्यक्तिका लागि राहत वितरण गरिएको उनले जानकारी दिए ।
पहिलो चरणमा १५ दिनका लागि प्रतिव्यक्ति पाँच किलो चामलका दरले २४ हजार नौ सय ४५ किलोग्राम चामल वितरण गरिएको नगरप्रमुख अधिकारीले स्पष्ट पारे । उनले भने –“अहिले हामीले १५ दिनका लागि मात्रै राहत वितरण गरिरहेका छौं । लकडाउन सकिएको एक हप्ता पछि सम्मका लागि हामीले राहत वितरण गर्नेछौं ।” यस्तै, गल्याङमा पहिलो चरणमा एक हजार पाँच सय ६७ किलो दाल वितरण गरिएको छ भने एक हजार दुई सय १४ लिटर खाने तेल, एक हजार दुई सय ९० किलो ग्राम नुन र एक हजार दुई सय ३० वटा हात धुने साबुन वितरण गरिएको छ ।
गल्याङमा वडा नम्बर एकमा एक सय ७० परिवारका छ सय जना, वडा नम्बर दुईमा ६८ परिवारका दुई सय ५४ जना, वडा नम्बर तीनम एक सय ७५ परिवारका छ सय जनालाई राहत वितरण गरिएको छ । यस्तै, वडा नम्बर चारम ८४ परिवारका चार सय जना, वडा नम्बर पाँच मा ७५ परिवारका तीन सय जना, वडा नम्बर छ मा एक सय ११ परिवारका चार सय १५ जना र वडा नम्बर सात मा एक सय २२ परिवारका पाँच सय ५५ जनालाई राहत वितरण सकिएको छ ।
यसैगरी वडा नम्बर आठमा एक सय २१ परिवारका चार सय ९३ जना, वडा नम्बर नौमा एक सय ४० परिवारका पाँच सय ६२ जना, वडा नम्बर १० मा ४० परिवारका एक सय जना र वडा नम्बर ११ मा एक सय ४५ परिवारका छ सय २३ जनालाई राहत वितरण गरिएको छ । वडा कार्यलयमा राहत माग गरिएकाहरुको आधारमा वडा समितिले सिफारिस गरे अनुसार नगरपालिकाबाट राहत वितरण भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिए । उनले भने –“पहिलो चरण सकिएपछि समिक्षा गरेर अर्को चरणमा अझै व्यवस्थित तरिकाले राहत वितरण हुनेछ ।” केही वडाहरुमा पीडितहरु छुटेको तथ्याङ्क आएपछि नगरपालिकाले केही वडाहरुमा फेरी राहत सामाग्री पठाउने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार