प्रतिपक्षीको साथ लिन सरकार विफलः कांग्रेस नेता अर्जुननरसिंह केसी
नेपालबहस संवाददाता
चैत २७, २०७६ शुक्रबार ४:५०:१६
राहत वितरणकाे बेथितिलाई व्यवस्थित बनाउन सर्वदलीय संयन्त्र निर्माण गरिनुपर्छ
२७ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी ओलीको पछिल्लो संबोधन प्रजातन्त्र र लोकतन्त्रको खिल्ली उडाउने किसिमको रहेको बताएका छन् । जीवन र स्वतन्त्रतामध्ये आफूले जीवन रोजेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संबोधनका क्रममा चयन गरेको शव्दप्रति नेता केसीले आपत्ति जनाए ।
स्वतन्त्रता र जीवनमध्ये एउटा मात्र रोज्ने छुट उनले कसैलाई दिन नसक्ने भन्दै नेता केसीले यो शैली त केवल साम्यवादमा मात्र अभ्यास गरिने हो । तर हामी प्रजातान्त्रिक प्रणालीको अभ्यास गरिरहेका छौ भन्दै उनले स्वतन्त्रता र जीवन दुवै मानव मात्रको मौलिक हक हो भन्ने हेक्का रहोस् भनेका छन् ।
प्रधानमन्त्रीको अभिव्यक्तिले प्रजातन्त्रको मर्मको धज्जी उडेको भन्दै मानिस बाँच्ने मात्र होइन स्वतन्त्र समेत रहन आवश्यक छ , यही नै प्रजातन्त्रको मूलमर्म हो । प्रधानमन्त्री ओलीको भावना राम्रै होला, तर उहाँले चयन गर्नु भएको शब्द प्रजातन्त्रसँग मेल खाने देखिएन – नेता केसीले नेपालबहस डटकमसँगको कुराकानीमा भने ।
स्वतन्त्रता र जीवनमध्ये एउटा मात्र रोज्ने छुट उनले कसैलाई दिन नसक्ने भन्दै नेता केसीले यो शैली त केवल साम्यवादमा मात्र अभ्यास गरिने हो । तर हामी प्रजातान्त्रिक प्रणालीको अभ्यास गरिरहेका छौ भन्दै उनले स्वतन्त्रता र जीवन दुवै मानव मात्रको मौलिक हक हो भन्ने हेक्का रहोस् भनेका छन् ।
यसको अर्थ म लकडाउनको विपक्षमा भन्ने होइन, अहिले कोरोना भाइरससँग लड्ने एकमात्र हतियार यही लकडाउन नै हो तर प्रधानमन्त्रीको भनाई चाहिं प्रजातन्त्रको मर्म विपरित रह्यो – उनले भने । लकडाउन सबैले पालना गर्नैपर्छ भन्दै नेता केसीले हरेक व्यक्ति उच्च मनोबलका साथ आत्मानुशासित भएर गयौं भने मात्र अहिलेको युद्ध जित्न सकिने बताएका छन् । यो हात हतियारबाट जितिने खालको होइन भन्दै नेता केसीले अहिले बहादुर भएर लकडाउन तोडेर होइन घरभित्रै बसेर मात्र युद्ध जित्न सकिने उल्लेख गरे ।
मानवता विरुद्ध घातक भाइरस नेपालमा समेत भित्रिइसकेकाले हामीले भौतिक दूरी कायम राखेर मात्रै अगाडि बढ्नुपर्ने उनले बताए । सोसल डिस्टान्सिङ हैन, फिजिकल डिस्टान्सिङ कायम राखौं भन्दै उनले बरु विभिन्न साधनको प्रयोग गरेर सामाजिक दूरी भने बढाउनु उत्तम हुने सुझाव दिए ।
नेपाली सेना जनताको भरोसाको केन्द्र हो, यसलाई अनावश्यक विवादमा ल्याउने ढंगबाट सामान खरिद गराउन खोज्नु गलत हो । जीटुजी अर्थात सरकारले सरकारसँग खरिद गर्ने प्रक्रियालाई परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्नेमा सेनालाई विवादमा तान्ने काम गरेको उनको आरोप छ ।
कोरोना भाइरस संक्रमणमा नेपाल दोस्रो चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै नेता केसीले सरकार भने हरेक पक्षमा चुकेको आरोप लगाए । पहिलो केस फेला परेको लामो समय सरकारले यसलाई सामान्य रुपमा मात्रै लिएको प्रसंग उल्लेख गर्दै नेता केसीले ४७ दिनपछि मात्रै उच्चस्तरीय संयन्त्र बनाइनुले पनि यसलाई पुष्टि गरेको उल्लेख गरे ।सरकारका जिम्मेवार मन्त्रीहरुले समेत कोरोना भाइरस हिमाल छिचोलेर नेपाल नआउने जस्ता हल्का टिप्पणी बिगतमा गर्नेे गरेको स्मरण गराउँदै उनले भने– उच्चस्तरीय संयन्त्र बनाएपछि पनि सरकार आवश्यक तयारी गर्नबाट चुक्यो ।
भाइरससँग लड्ने स्वास्थ्य सामग्री ल्याउने सन्दर्भमा समेत मन्त्री र उच्च पदाधिकारीबाट भ्रष्टाचार गर्न खोजियो भन्दै नेता केसीले व्यवसायिक अनुभवसमेत नभएको ओम्नी समूहलाई जिम्मा लगाएर अनियमितता गर्नु राष्ट्रघात हो भनेका छन् ।साथै यो प्रकरण विवादित भएपछि प्रधानमन्त्रीले सेनालाई स्वास्थ्य सामग्री ल्याउन जिम्मेवारी दिनु गलत मनसायबाट प्रेरित रहेको आरोप लगाउँदै उनले भने– नेपाली सेना जनताको भरोसाको केन्द्र हो, यसलाई अनावश्यक विवादमा ल्याउने ढंगबाट सामान खरिद गराउन खोज्नु गलत हो । जीटुजी अर्थात सरकारले सरकारसँग खरिद गर्ने प्रक्रियालाई परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्नेमा सेनालाई विवादमा तान्ने काम गरेको उनको आरोप छ ।
प्रधानमन्त्रीको संबोधन त्यो दिशामा इमान्दार नदेखिएको उल्लेख गरे । बरु प्रधानमन्त्रीले आमनागरिकलाई आड भरोसा दिनुभन्दा आत्म प्रशंसामा रमाए ,भ्रष्ट्राचारको प्रकरणलाई ढाकछोप गरे भन्दै उनले भ्रष्ट्राचार काण्डको छानविन गर्ने तत्परता नदेखाई उल्टो यो प्रकरण सार्वजनिक गर्ने पत्रकारप्रति कटाक्ष गर्न रमाए – उनले भने ।
संक्रमण दोस्रो चरणमा प्रवेश गरिसक्यो, तर पर्याप्त परीक्षण हुन सकिरहेको छैन भन्दै नेता केसीले तीन करोड नेपालीमध्ये अहिलेसम्म मुश्किलले दुई हजारको परीक्षण गरिनु भनेको लापरवाहीको पराकाष्ठा हो भनेका छन् ।बाहिरबाट आएकाहरु समाजमा घुलमिल गरिरहेका छन् तिनको पहिचान गर्न समेत सरकार चुकेको उनले बताए । बल्ल सरकार बामे सर्दैछ तर हामीले धेरै काम तत्कालै गर्न आवश्यक छ – उनले भने ।
कोरोना भाइरस विरुद्ध अहिले सारा नेपाली एकजुट भएर लड्ने बेला हो भन्दै नेता केसीले प्रधानमन्त्रीको संबोधन त्यो दिशामा इमान्दार नदेखिएको उल्लेख गरे । बरु प्रधानमन्त्रीले आमनागरिकलाई आड भरोसा दिनुभन्दा आत्म प्रशंसामा रमाए ,भ्रष्ट्राचारको प्रकरणलाई ढाकछोप गरे भन्दै उनले भ्रष्ट्राचार काण्डको छानविन गर्ने तत्परता नदेखाई उल्टो यो प्रकरण सार्वजनिक गर्ने पत्रकारप्रति कटाक्ष गर्न रमाए – उनले भने ।
अहिलेको संक्रमणसँग लड्न सारा विश्व नै तत्पर भएकाले सरकारले त्यसको गाम्भिर्यलाई आत्मसात गरोस् भन्दै नेता केसीले भने– कोरोनाविरुद्ध लड्न हामीलाई विश्व बैंक, एशियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय संघ संस्थाले समेत सहयोग गर्नेछन् । हामीसँग स्रोत र साधनको कमी छैन, केवल उचित व्यवस्थापन र परिचालनको कमी छ, उनले भने ।
कोरोना कहरले सबैलाई पिरोली रहेको बेला संयमता र धैर्यका साथ बस्न सल्लाह दिंदै नेता केसीले यस्तो संवेदनशील बेलामा दलगत घृणित राजनीति नगर्न सत्तारुढ नेकपालाई चेतावनी दिएका छन् ।
नेता केसीले अहिलेको बेला सबैको साझा उद्येश्य कोरोनाविरुद्धको लडाईं हो भन्दै उनले स्वस्थकर खानपानमा जोड दिनुपर्ने बताए । सकेसम्म घरेलु खानपानलाई बढावा दिन सुझाउँदै नेता केसीले ज्वानो, अदुवा,मरिच,लसुन,बेसार जस्ता औषधीय गुण भएका वस्तुको सेवनमा ध्यान दिन सुझाए ।
मेरो देशैभरिका साथीहरुसँग कुरा भईरहेको छ, अहिले राहत वितरणमा दलगत राजनीति गर्न लागिएको रिपोर्ट आएको छ भन्दै उनले नेकपालाई भोट नदिनेलाई राहत वितरणबाट समेत बञ्चित गरिएको आरोप लगाएका छन् । यसैक्रममा एकजना मेयरले तराई मूलका केही इँटाभट्टामा काम गर्नेहरुलाई राहत नदिएको रिपोर्ट प्राप्त गरेको जानकारी दिंदै भने– यो भन्दा अमानवीय काम अरु के होला ?
यो बेथितिलाई व्यवस्थित बनाउन सर्वदलीय संयन्त्र निर्माण गरिनुपर्ने भन्दै नेता केसीले अनि मात्रै निष्पक्ष वितरण हुनसक्ने सुझाव दिए । साथै यो महामारीबाट बच्न फ्रण्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र फोहर व्यवस्थापनमा काम गर्नेहरुको मनोबल उँचो बनाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिंदै नेता केसीले कम्तिमा ५० लाखको बीमाको घोषणा गर्न सरकारसँग माग राखेका छन् ।
नेता केसीले अहिलेको बेला सबैको साझा उद्येश्य कोरोनाविरुद्धको लडाईं हो भन्दै उनले स्वस्थकर खानपानमा जोड दिनुपर्ने बताए । सकेसम्म घरेलु खानपानलाई बढावा दिन सुझाउँदै नेता केसीले ज्वानो, अदुवा,मरिच,लसुन,बेसार जस्ता औषधीय गुण भएका वस्तुको सेवनमा ध्यान दिन सुझाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
असार १६, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार