प्रदेश नं २ मा १५९ जनाको स्वाब परीक्षण ४६ को रिपोर्ट आउँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
चैत २८, २०७६ शुक्रबार १४:३३:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/Corona_sketch_VACekzES4J.jpg)
२८ चैत, काठमाडौं । प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले नमूना लिइएकामध्ये ४६ जनाको स्वाब जाँच नतिजा आउन बाँकी रहेको जानकारी दिएका छन् ।
प्रदेश नं २ मा भारत र अन्य मुलुकबाट घर फर्केकालाई लक्षित गरी आठवटै जिल्लामा क्वारेन्टाइन सञ्चालन गरिएका छन् । अहिलेसम्म १४५ केन्द्रमा सञ्चालित क्वारेन्टाइनमा बेड (श्यया) तीन हजार २३६ रहेका सचिव घिमिरेले स्पष्ट पारेका छन् । “हामीकहाँ १४५ केन्द्रमा तीन हजार २३६ क्वारेन्टाइन श्यया छन्, यी श्ययामा ९०० जना बस्दै आएका छन्” घिमिरेले भने, “त्यसैगरी आइसोलेसन श्यया क्षमता हामीसँग २०८ तयार छ, यिनमा २६ जना रहेका छन् ।”
प्रादेशिक अस्पताल जनकपुरधाममा स्वाब परीक्षण थालिएपछि क्रमशः जाँच गर्नेको सङ्ख्या बढ्दै जाने मन्त्रालयले जनाएको छ । प्रदेशभित्र सञ्चालित सबै क्वारेन्टाइन केन्द्रमा आवश्यक स्वास्थ्यकर्मी, औषधि, उपकरण र स्वास्थ्य सुरक्षा प्रबन्ध बढाउँदै लगिएको सचिव घिमिरेको भनाइ छ ।
भारतको बिहार प्रदेशसँग सीमा जोडिएका प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती क्षेत्रमा मुलुक भित्रिनेको कडा निगरानी हुँदै आएको मन्त्रालयले जनाएको छ । यसरी भित्रिएकाहरु प्रारम्भिक स्वास्थ्य जाँचपछि घरमै क्वारेन्टाइनमा बस्दै आएका र सम्पर्कमा नआएकाहरुको सोधखोज गरिने क्रम सघन बनाइएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार