जनप्रतिनिधिद्धारा अतिविपन्न तथा गरिब परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण
नेपालबहस संवाददाता
चैत २८, २०७६ शुक्रबार १४:५९:४९
२८ चैत सर्लाही । ईश्वरपुर नगरपालिकामा जनप्रतिनिधिले अतिविपन्न तथा गरिब परिवारलाई राहत वितरण गरेका छन् । ईश्वरपुर नगरपालिका–१३ श्रीनगरमा ३१७ गरिब तथा विपन्न घरधुरीलाई जनप्रतिनिधिले राहतस्वरुप खाद्यान्न वितरण गरेका छन् । बिहीबार वडाभरिका विपन्न परिवारलाई चामल, दाल, नुन, खानेतेल र हात धुने साबुन वितरण गरिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले बताएका छन्।
कविलासी नगरपालिकामा पनि दलित तथा अतिविपन्न ११५ घरधुरीलाई राहत उपलब्ध भएको छ । नगरपालिको वडा नं ९ र १० का दलित तथा अतिविपन्न ११५ घरधुरीलाई राहत वितरण भएको छ । समाजवादी पार्टीका कविलासी नगरपालिका नगर कमिटी उपाअध्यक्ष सङ्गीतादेवी यादवले राहतस्वरुप चामल, दाल, आलु, नुनलगायतका खाद्यान्न सामग्री वितरण गराएका हुन्।
यसैबीच, लालबन्दी नगरपालिकास्थित परवानीपुरका स्थानीयवासीले कालिञ्जोर खोला हुँदै सिन्धुली छिर्ने बाटो बन्द गरेका छन् । सर्लाहीको उत्तरतर्फ पर्ने ग्रामीण क्षेत्र लालबन्दी नगरपालिका–१५ परवानीपुरचोकदेखि सिन्धुलीको सिमाना चुरेसम्मका स्थानीयवासीले बाटोमा रुख ढालेर अवरुद्ध गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार