प्रदेश सरकारद्धारा क्वारेन्टाइन र शय्या थप निर्माण
नेपालबहस संवाददाता
चैत २८, २०७६ शुक्रबार १५:४२:२६
२८ चैत, काठमाडौं । प्रदेश नं १ मा ४१ क्वारेन्टाइन शय्या थपिएको छ । बिहीबार प्रदेशका विभिन्न सात स्थानमा ती शय्या थपिएका हुन् । प्रदेश सरकारले निर्माण गरेको कूल २६१ क्वारेन्टाइनमा शय्याको सङ्ख्या अब चार हजार १४८ पुगेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जनाकारी दिनुभयो । प्रदेशमा ४८ आइसोलेसन केन्द्रमा ४३२ शय्या रहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार बिहीबारसम्म क्वरोन्टाइनमा बस्नेको सङ्ख्या ५२ महिला र ५५० पुरुष गरी ६०२ पुगेको छ । यस अवधिमा पाँच महिला र १५ पुरुष क्वारेन्टाइनबाट डिस्चार्ज भएका छन् । यसैगरी आइसोलेसनबाट डिस्चार्ज हुनेमा आठ महिला र १४ पुरुष छन् ।
होम क्वारेन्टाइनसहित क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढ्दो क्रममा छ । बिहीबार १५ महिला र ६५ पुरुष थपिएका छन् । होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५८१ महिला र दुई हजार ५३० पुरुष गरी तीन हजार १११ छन् । रहेको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजगर गर्दै प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन शय्या सञ्चालनमा ल्याइएको हो । सरकारले विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष नै तयार गरेर उपचार प्रबन्ध गरेको छ ।
यसबीचमा प्रदेशमा हालसम्ममा १७८ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये १०४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षण गर्न पठाइएकामा ३५ महिला र १४३ पुरुष छन् । बाँकीको रिपोर्ट आउने क्रममा छ ।
सरकारले जारी गरेको १७ औँ दिनसम्मको लकडाउनलाई आम नागरिक, बुद्धिजीवी, पेशागत सङ्घसङ्गठन, व्यवासायीले उच्च सतर्कता अपनाउँदै पूर्ण पालना गरिरहेको पाइएको छ । लकडाउनको समयमा यस क्षेत्रमा प्रहरी प्रशासनले पनि सरकारको निर्देशनलाई पालना गराउन दिनरात खटिरहेको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् । उनले मानिसमा निकै चेतना आएको भए पनि प्रहरी अझ सक्रिय भएर लककडाउनलाई परिपालना गराउन लागि परेको बताएका छन् ।
कोरोना भाइरसका शङ्कास्पद बिरामीको थ्रोट स्वाब नमूना परीक्षण आजदेखि विराटनगरबाट शुरु गरिने भएको छ । प्रदेश सामाजिक विकासमन्त्री जीवन घिमिरेले काठमाडौँबाट आएको आवश्यक रसायन र उपकरणमार्फत कोशी अस्पतालमा शङ्कास्पद बिरामीको नमूना परीक्षण आजदेखि शुरु हुने जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार
आइपीएल अक्सनको पहिलो दिन, ७२ खेलाडीका लागि ७४८.७२ करोड खर्च
मंसिर १०, २०८१ सोमबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार