भारतबाट अत्यावश्यक औषधि ल्याउन समस्या
नेपालबहस संवाददाता
चैत २८, २०७६ शुक्रबार १८:१०:१०
२८ चैत्र, काठमाडौं । भारतले प्रतिबन्ध हटाएपछि औषधि नेपाल ल्याउन समस्या भएको छ । कोरोना भाइरसको प्रकोपका कारण औषधि उद्योगमा कामदार नभएपछि औषधि आयात गर्न समस्या भएको हो ।
नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले दुवै देशमा भाइरसका कारण लकडाउनको स्थितिमा सामान ल्याउन समस्या र समाधानका लागि सरकारलाई आग्रह गरिएको बताए । भारतले निर्यात प्रतिबन्ध हटाएका औषधिहरूमा नेपालमा उत्पादन नहुने जीवनरक्षाका लागि प्रयोग हुने र सीसीयू तथा आईसीयुमा प्रयोग हुने औषधी रहेको बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी रूपमा बढ्दै गएपछि भारतले आफ्नो देशमा उत्पादन हुने २६ प्रकारका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिएको हो । विभिन्न देशको आग्रहपछि हाल उसले प्यारासिटामोल बाहेकका सबै औषधीको निर्यात माथिको प्रतिबन्ध हटाएको छ ।
सिमानामा सामान ओसारपसारमा सामेल मजदुरलाई सहजीकरण गरिदिन व्यवसायीहरूले अनुरोध गरेका छन् । यसबाट उत्साहित नेपाली व्यवसायीहरूले त्यस्ता औषधी आयातको योजना बनाइसकेका छन् । एउटै प्रकारको औषधि र एउटै व्यवसायीको भएमा मात्रै ढुवानीकर्ताहरूले सहजै ल्याइदिने गरेको अनुभव व्यवसायीहरूको छ ।
यता औषधि उत्पादक सङ्घका अध्यक्ष नारायणबहादुर क्षेत्रीले भारतको औषधि निर्यात खुल्ला गर्ने निर्णयसँगै नेपालमा उत्पादन हुने औषधिका लागि भारतबाट आयात गर्नुपर्ने कच्चापदार्थ पनि सहज हुने अपेक्षा औषधि उत्पादकहरूले गरेको र त्यसका लागि पनि ढुवानी र मजदुर दुवैको व्यवस्थालाई सहज पारिनुपर्ने बताएका छन् । आफूहरूसँग हाल केही कच्चा पदार्थ भएपनि लकडाउन अझै लम्बिँदै गएमा त्यसको प्रभाव नेपालमा उत्पादन हुने औषधिमा समेत पर्न सक्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
तोकिए भन्दा बढी रकम लिने मेडिकल कलेजसँग स्वास्थ्य मन्त्रालयले माग्यो शुल्क विवरण
मंसिर ६, २०८१ बिहिबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार
रसुवाबाट दुई केजी सुनसहित एक जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार