बोक्सीको आरोपमा ससुराले गरे आफ्नै बुहारीमाथि बञ्चरो प्रहार
नेपालबहस संवाददाता
चैत २८, २०७६ शुक्रबार २३:८:४१
२८ चैत, रुपन्देही । कञ्चन गाउँपालिकामा बोक्सीको आरोपमा ससुराले आफ्नै बुहारीमाथि बञ्चरो प्रहार गरेका छन् । कञ्चन ३ धौलागिरि चोकका ५४ वर्षीय चन्द्रमणि पौडेलले बिहीबार छोराबुहारी २८ वर्षीया लीलामाथि बञ्चरो प्रहार गरी घाइते बनाएका हुन् ।
घरको भान्साकोठा सफा गरिरहेका समयमा पौडेलले एक्कासि हानेको बञ्चराबाट गम्भीर घाइते भएकी लीलाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक इन्द्रप्रसाद चौधरीले जानकारी दिएका छन् । लीलाको टाउकामा गहिरो चोट लागेका कारण स्वास्थ्यावस्था गम्भीर रहेको बताइएको छ ।
लामो समयदेखि रुद्रपुरमा मणि किराना पसल सञ्चालन गर्दै आएका चन्द्रमणिले आफ्नी बुहारीलाई बन्चराले हानेपछि कान्छीआमाका घरमा जान्छु भन्दै हिँडेका बेला बाटाबाटै स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रुद्रपुरको जिम्मा लगाएका थिए ।
पौडेलले बुहारीमाथि पटकपटक दुव्र्यवहार गर्दै आएको छिमेकी बताउँछन् । “लीलाका श्रीमान् (छोरा) कोठामा भएको बेला बाहिरबाट ढोकाको चुकुल लगाई चन्द्रमणिले भान्सामा गएर लीलालाई बञ्चरोले हिर्काएछन् । हामीले थाहा पाएर जाँदा उनी रगताम्य भएर भुइँमा ढलेकी थिइन् । हतारहतार अस्पताल पु¥यायौँ, अहिलेसम्म होश आएको छैन”, छिमेकी पुष्प शर्माले भने ।
घटनापछि लीलाका श्रीमान् तिलकरामले आफ्ना बुवाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत इलाका प्रहरी कार्यालय सालझण्डीमा मुद्दा दायर गर्नुभएको प्रहरी निरीक्षक कमल परियारले जानकारी दिएका छन् । “पारिवारिक बेमेलका कारण घटना भएको देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार