सिटिजन्स बैंकको २ अर्ब ५० करोडको ऋणपत्र बाँडफाँड
नेपालबहस संवाददाता
चैत २८, २०७६ शनिबार ०:३६:२६
२८ चैत्र, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले निष्काशन गरेको रु.२ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” को आज बाँडफाँड गरेको छ ।
बैंकले रु. २ अर्ब ५० करोड बराबरको प्रति डिबेन्चर एक हजार अंकित मूल्यका २५ लाख कित्ता डिबेन्चर मध्ये सामूहिक लगानी कोषका लागि संरक्षण गरिएको ५० हजार कित्ता मध्ये ३० हजार कित्ता डिबेन्चर बाँडफाँड गरेको छ । बाँकी रहेको २४ लाख ७० हजार कित्ता डिबेन्चर व्यतिmगत तवर तथा सर्वसाधारणको लागि फागुन २० गतेदेखि चैत्र ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा रितपूर्वक आवेदन दिने ३१७ जना आवेदकहरु मध्ये सर्वसाधरण समूहका आवेदकहरु सम्पूर्णलाई निजहरुले आवेदन गरे बमोजिम डिबेन्चर बाँडफाँड गरिएको बैंककी प्रवक्ता उमंग शर्माले जानकारी दिइन् ।
प्रवक्ता शर्माका अनुसार व्यतिmगत तवरमार्फत आवेदन गर्नेको हकमा आंशिक बाँडफाँडमा नपरेका डिबेन्चरवापत बाँकी रकम आवेदकहरुले आफ्नो आवेदनमा उल्लेख गरेको बैंक खातामा मिति यही चैत्र ३० गते आइतबारदेखि IPS मार्फत सिधै बैंक खातामा रकमान्तर गरिने जानकारी दिएकी छन् ।
सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ ।
कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार