गढिया र कोल्हुवामा सर्वदलीय समितिमार्फत हात धुवाएर मात्र राहत वितरण
नेपालबहस संवाददाता
चैत २८, २०७६ शनिबार १:८:०
♦ धीरुभाइ
२८ चैत्र, सप्तरी । सप्तरीको राजविराज नगरपालिका वार्ड नं. ९ को गढिया र कोल्हुवामा हात धुएपछि मात्र खाद्यान्न राहत वितरण गरिएको छ । सर्वदलीय राहत वितरण समितिले वितरणस्थलमा साबुनपानीको पनि व्यवस्था गरेको थियो । राहत लिनु अघि उनीहरुलाई साबुन पानीले हात धुन अनिवार्य गरिएको थियो । सामाजिक दुरी कायम गरी हात धोएपछि मात्र राहतको पोका दिने गरिन्थ्यो ।
यसले उनीहरुमा हातधुने बानीको विकासको सिकाई गराउन यस्तो व्यवस्था गरेको बताइएको छ । कोरोना भाइरस संक्रमणबाट बच्न बचाउन हात धुने कार्य पनि प्रमुख रहेकोले यस्तो वर्गमा यसको सिकाई हुने वार्ड नं. ९ का अध्यक्ष तथा समितिका संयोजक शम्भुप्रसाद यादव लालीकोे विश्वास रहेको छ ।
असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी नमूना मापदण्ड २०७६ तथा कोभिड–१९ को कारण प्रभावित क्षेत्रहरुको लागि राहत सुविधा प्रदान गर्ने कार्य योजना २०७६ अन्तर्गत राजविराज नगरपालिका वार्ड नम्बर ९ मा गठित सर्वदलिय समितिले शुक्रबारबाट राहत वितरण सुरु गरेको छ । समितिले घरदैलोमा पुगेर राहत पाउने परिवारको तथ्याकं संकलन गरेर पहिचान गरेको आधारमा २०५ परिवार छनौट भएको संयोजक लालीले जानकारी दिएका छन् ।
मजदुर खुशी
लकडाउनका कारण लामो समयदेखि मजदुरी नपाउँदा छाक टार्न समस्या भोगिरहेको अवस्थामा दैनिक ज्यालादारी मजदुर, दलित, असहाय तथा विपन्न परिवार शुक्रबार राहत पाएपछि हर्षित भएका छन । राजविराज नगरपालिका ९ गढिया र कोल्हुवाका २०५ परिवारले शुक्रबार स्थानीय सरकारबाट खाद्यान्न राहत पाएपछि उनीहरु हर्षित भएका हुन । कोरोना भाइरस (कोभिड १९) संक्रमणका लागि जारी लकडाउनको १८ दिनसम्म जसोतसो गुजरा चलाउँदै आएका उनीहरु स्थानीय सरकारले राहतको व्यवस्था गरिदिए पछि मनमा गरेका आशा पूरा भएको बताएका छन् । अहिलेको विषम परिस्थितमा राहत हामीहरुको लागि अमृतसरह भएको भन्दै कारी सदाले भने, हामीलाई बाँच्ने केही राहत प्राप्त भएको छ ।
राहतमा केके छन्
वार्ड नं ९ भरी एक हजार २५० परिवार छनौट भएको संयोजक लालीले जानकारी दिदै अहिलेको अवस्थामा सामाजिक दुरी कायम गर्नुको साथै भीडभाड हुनु नदिन विशेष सर्तकता अपनाउन पाँच स्थानमा पाँच दिन राहत वितरण गरिने योजना बनाइएको बताए । संयोजक लालीसहित सदस्यहरु नेपाली कांग्रेसका प्रदिपकुमार यादव, नेकपाका भूपेन्द्र यादव, राजपाका रामचन्द्र यादव, समाजवादीका रामकिसुन यादव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितिमा पारदर्शी हिसाबले राहत वितरण गरेको बताइएको छ ।
समितिले प्रति परिवार १५ किलो चामल, दुई किलो दाल, एक लिटर खाने तेल, एक किलो नून खाद्यान्न राहत वितरण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार