दश एसएसपी डीआईजीमा बढुवा सिफारिस, प्रहरीमा व्यापक असन्तुष्टि
नेपालबहस संवाददाता
चैत २९, २०७६ शनिबार १४:१५:३३
२९ चैत्र, काठमाडौं । दुई तिहाईको कम्युनिष्ट सरकारले शुक्रबार मध्यरातमा दश डीआईजीको बढुवा गरेको छ । प्रहरी ऐन र नियावली विपरित जुनियरलाई सिनीयर र सिनीयरलाई जुनीयर बनाउँदै गरेको बढुवाप्रति प्रहरी संगठन भित्र व्यापक असन्तुष्टि देखा परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लहडका भरमा १२ जनाको पूर्व दरबन्दी कटौती गरेपछि प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा बादलबीच पनि चिसोपन शुरु भएको स्रोतले बताएको छ । गृहमन्त्री थापाले १९ जना डीआईजीको दरबन्दी बनाउने प्रस्वात राखेका थिए तर प्रधानमन्त्रीले ठाडो हस्तक्षेप गर्दै १४ जनाको मात्र दरबन्दी कायम गराएका छन् ।
यसअघि प्रहरीमा साधारणतर्फ २६ डीआईजी दरबन्दी कायम थियो र प्रहरी नियमावलीले ओएनएमको सर्वेक्षण प्रतिवेदनपछि मात्रै प्रहरीको दरबन्दी कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि पनि गृहसचिव महेश्वर न्यौपाने र आईजीपीबीच प्रहरीको दरबन्दी कटौटीका विषयमा चर्का चर्की परेको सार्वजनिक भएको थियो ।
हिजो कांग्रेस सभापति शेरबहादुर देउवाका पालामा जेष्ठता मिचियो भन्दै कुर्लने केपी ओली नै यतिबेला जेष्ठता र कार्यक्षमताको अबमुल्यन गर्दै राम्रा होइन हाम्रालाई बनाउने धुनमा लागेको यसैबाट प्रस्ट हुन्छ ।
गृहसचिव न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एसएसपीबाट डीआईजी बढुवामा वरियता मात्र नभई कार्यक्षमता मूल्यांकनलाई प्रमुख आधार बनाएर बढुवा सिफारिस गरेको बताएका छन् । गृहसचिव न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्यसचिव थिए ।
डीआईजीको लागि ३४ एसएसपी प्रतिस्पर्धामा थिए । सुची अनुसार एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, बसन्त पन्त, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, उत्तम सुवेदी, रविन्द्र धानुक र अरुण विसी डीआईजीमा बढुवा सिफारिस भएका छन्।
अब सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो ‘सीआईबी’ , विशेष ब्यूरो, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक र एक गरि जम्मा १४ डीआईजी दरबन्दी रहनेछन्।
हाल प्रहरीमा कार्यरत चार डीआईजीमध्ये निरजबहादुर शाही सीआईबी, प्रध्युम्न कार्की दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, सुर्यप्रसाद उपाध्याय प्रहरी प्रधान कार्यालय नक्साल र बिश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।
विना योजना दरबन्दी कटौती गरिएपछि प्रहरीको तल्लो तहसम्म नै यसको असर देखा पर्ने सुरक्षाविद्ले बताएका छन् । सिनियर र कार्यक्षमतामा उष्कुट हुदाहुँदै पनि बढुवामा छुट्न हुन पुगेका एक दर्जन एसएसपीहरुले सामुहिक राजीनामा दिने तयारी थालेको एक एसएसपीले नेपालबहस डटकमलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
वाइवाइ यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली विजयी
कात्तिक २०, २०८१ मंगलबार
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै अगाडि बढाउँछौं : मन्त्री पौडेल
कात्तिक २०, २०८१ मंगलबार
'रेड नोटिस' जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
कात्तिक २०, २०८१ मंगलबार
विद्युत् बक्यौता तत्काल तिराउने काम रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज, प्राधिकरणलाई राहत
कात्तिक २०, २०८१ मंगलबार