लायन्स/लियो क्लब वालिङद्वारा एकलाख सहयोग प्रदान
नेपालबहस संवाददाता
चैत २९, २०७६ शनिबार १६:१:३७
२९ चैत्र स्याङ्जा । वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड १९ राहत कोष’ मा लायन्स क्लब अफ वालिङ सिटी र लियो क्लब अफ वालिङ सिटीले एकलाख सहयोग हस्तान्तरण गरेको छ ।
लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्षसहितका पदाधिकारी तथा लियो क्लबका अध्यक्षसहित पदाधिकारीहरुले शुक्रबार वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणलाई एक लाख एक हजार एकसय एघार नगद हस्तान्तरण गरिएको हो ।
राहत रकम ग्रहण गर्नुहुँदै नगर प्रमुख खाँणले लायन्स क्लब र लियो क्लबले ठूलो रकम उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्दै प्राप्त सहयोगको सही र पारदर्शी तबरबाट सदुपयोग गर्ने प्रतिबद्धता जनाए । “नगरपालिकाको राहत कोषमा क्लबले आर्थिकसँगै यसअघि पनि प्रचारात्मक कार्यहरु गरेर सहयोग गरेको छ” नगर प्रमुख खाँणले भने, “आगामी दिनमा पनि अप्ठ्यारो परिस्थिति आएको खण्डमा सहयोगको क्रमलाई निरन्तरता दिंदै जानुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।”
वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा हालसम्म नगद र खाद्यान्न गरी कूल एक्काईस लाख ३२ हजार संकलन भएको बताउनुहुँदै नगर प्रमुख खाँणले सहयोग उपलब्ध गराउनेको संख्या बढ्दै गएकाले अनुमानित तीस लाखको हाराहारीमा संकलन हुने विचार ब्यक्त गरे । सहयोग रकम हस्तान्तरण गर्दैँ लायन्स क्लब अफ वालिङका अध्यक्ष देबेन्द्र भट्टराईले क्लबले पहिलो चरणमा एकलाख नगद हस्तान्तरण गरेपनि आगामी दिनमा नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताए ।
“लायन्स र लियो क्लबले गरेको सहयोगलाई नगरपालिकाले स्वीकार गरी ग्रहण गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछौं” अध्यक्ष भट्टराईले भने, “आगामी दिनमा नगद तथा स्वयंसेवकहरु उपलब्ध गराउँदै अगाडि बढ्न तयार छौं ।” “लायन्स र लियो क्लबले गरेको सहयोगलाई नगरपालिकाले स्वीकार गरी ग्रहण गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दछौं” अध्यक्ष भट्टराईले भने, “आगामी दिनमा नगद तथा स्वयंसेवकहरु उपलब्ध गराउँदै अगाडि बढ्न तयार छौं ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार