कारागारमा कोरोना फैलिन नदिन विशेष सतर्कता, एकवर्षे प्रावधानअन्तर्गत २७ कैदीबन्दी रिहा
नेपालबहस संवाददाता
चैत २९, २०७६ शनिबार १७:३४:४०
२९ चैत, मोरङ । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ ।
कैदीबन्दीलाई साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजर तथा मास्कको पर्र्याप्त व्यवस्था गरेको कारागार प्रमुख सुभाषकुमार लामिछानेले जानकारी दिएका छन् । कैदीबन्दीमा ज्वरो आउँदा स्वास्थ्य जाँच गर्नुका साथै समय–समयमा नियमित स्वास्थ्य जाँच गर्ने गरिएको र स्वास्थ्य सुविधाअन्तर्गत आवश्यक औषधि नियमितरूपमा उपलब्ध गराइएको कारागार प्रशासनले जनाएको छ ।
कैदीबन्दीले पाउने सिदाबापत रकम नियमितरूपमा प्राप्त गर्नुका साथै स्वच्छ हरियो तरकारीका लागि ग्रामीण क्षेत्रबाट नियमितरूपमा आपूर्ति भइरहेकाले कुनै पनि खाद्य सामग्रीको अभाव कैदीबन्दीले व्यहोर्नु नपरेको प्रमुख लामिछानेले जानकारी दिएका छन् ।
पचास महिलासहित ३०० कैदीबन्दी क्षमता रहेको कारागारमा अहिले पाँच बालबालिका, ९० महिला र ७९४ पुरुषले कैद सजाय भुक्तान गरिरहेको र अहिलेको अवस्थालाई ध्यानमा राखेर कैदीबन्दीलाई भेट्न आउने मानिसलाई पनि व्यवस्थित गरिएको उनले बताएका छन् ।
सर्वोच्च अदालतको फौजदारी कार्यविधिसंहिता दफा १५५ प्रावधानअन्तर्गत गत चैत १२ गतेको बैठकबाट निर्णय गरेअनुसार एक महिलासहित २७ कैदीबन्दीलाई रिहा गरिएको उनले बताएका छन् । रिहा भएका कैदीबन्दी बहुविवाह, सवारी ज्यान, लागुऔषध, वन पैदावर, जबर्जस्ती करणी र सरकारी छाप कीर्ते मुद्दामा सजाय भुक्तान गरिरहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार