नेकपाभित्रको अर्न्तद्धन्दले कोरोनाबिरुद्धको लडाईं प्रभावित
इन्द्र रिजाल
चैत २९, २०७६ शनिबार १८:१०:४७
समाचार टिप्पणी
२९ चैत्र, काठमाडौं । सत्तारुढ नेकपाभित्रको आन्तरिक द्वन्द्वले अहिलेको महामारीविरुद्ध प्रभावकारी रुपमा लड्न नसकिएको गुनासो सोही दलका नेताहरुको रहेको छ । खासगरी प्रधानमन्त्री केपी ओली र सचिवालयका अन्य शीर्ष नेताहरुबीचको अन्तरकलहले कोभिड–१९ बिरुद्धको युद्ध प्रभावकारी बन्न नसकेको भन्दै नेताहरुले असन्तुष्टी जनाएका छन् ।
पार्टीका कार्यकारी अध्यक्षको भूमिकामा रहेका पुष्पकमल दाहाललाई बेरोजगार बनाएर प्रधानमन्त्रीजी एक्लै अगाडि बढाउने तयारीमा देखिनुहुन्छ भन्दै सचेतक गुरुङले पूर्व माओवादी पक्षलाई समेटेर जाने सोच भएन भने कोरोना भाइरस बिरुद्ध लड्नसमेत समस्या हुने बताए ।
नेकपा संसदीय दलका सचेतक देव गुरुङका अनुसार, नेताहरु हरेक मुद्धामा एउटै धारणा बनाउन चुकेकैले गर्दा समस्या देखिएको हो । पार्टी एकीकरण भईसक्दापनि कतिपय सवालमा बिगतजस्तै फरक मत रहने अवस्था कायम रहेसम्म यस्तो भईरहने उनको बुझाई छ । पूर्व एमालेका साथीहरु सबै भूमिका आफूपक्षलाई मात्र दिइनुपर्ने मानसिकतामा रहेकाले नै समस्याले निकास पाउन नसकेको आरोप उनको रहेको छ । पार्टीका कार्यकारी अध्यक्षको भूमिकामा रहेका पुष्पकमल दाहाललाई बेरोजगार बनाएर प्रधानमन्त्रीजी एक्लै अगाडि बढाउने तयारीमा देखिनुहुन्छ भन्दै सचेतक गुरुङले पूर्व माओवादी पक्षलाई समेटेर जाने सोच भएन भने कोरोना भाइरस बिरुद्ध लड्नसमेत समस्या हुने बताए ।
त्यही आशयको अभिव्यक्ति स्वयं प्रचण्डले पनि दिने गरेका छन् । दुई दिन अघि मात्रै प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा अहिले कोरोना भाइरसविरुद्ध लड्न उच्चस्तरीय संयन्त्र बनाइनुपर्ने बताएका छन् । तर उनको यो भनाईसँग बालुवाटार मात्र नभई पूर्व एमाले पंक्ति नै सहमत छैन । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालले यस्तो संयन्त्र आवश्यक नभएको धारणा सार्वजनिक गरिसकेका छन् ।
उता, प्रधानमन्त्री निकट स्रोतको बुझाई चाहिं प्रचण्ड प्रतिपक्षीलाई समेत उचालेर सरकारलाई असफल बनाउन उद्यत् रहेको भन्ने छ । कोरोनाविरुद्धको अभियानमा सरकार सक्रिय ढंगले काम गरिरहेको छ भन्दै बालुवाटार स्रोत भन्छ– प्रचण्ड कम्रेडले भने जस्तै उच्चस्तरीय संयन्त्र त उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा क्रियाशील छ, अब केका लागि अर्काे संयन्त्र चाहियो ?
वास्तवमा प्रचण्ड सर्वदलीय संयन्त्र बनाएर त्यसको नेतृत्व गर्न लालयित छन् भन्ने बुझाई बालुवाटारको रहेको छ । यद्यपि प्रचण्डले संयन्त्रको नेतृत्व पनि ओलीलाई नै गर्न सुझाएका छन् । तर बालुवाटार भने यो षडयन्त्रकै नयाँ श्रंखला हो भन्ने बुझाईमा रहेको छ ।
नेकपा अध्यक्ष प्रचण्डले सर्वदलीय संयन्त्र भनेको भए त्यसबारे सचिवालय बैठकमा छलफल गर्न सकिन्थ्यो नि भन्दै स्रोतले केवल ओली सरकारलाई असफल र बदनाम गराउने अभिप्रायले मात्र यो प्रचार गर्न खोजिएको आरोप लगाएको छ । बाहिर देखिंदा यो प्रसंग आएको भएपनि वास्तविकता भने सचिवालय सदस्यहरुबीचको अर्न्तद्धन्द नै हो । गत फागुन महिनादेखि नै नेकपाभित्रको शक्ति संघर्ष चरमचुलीमा पुगेको हो । उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा नियुक्त गर्न सचिवालयले निर्देशन दिएपछि दुई पक्षबीचको विवाद उत्कर्षमा पुगेको छ ।
त्यसैको निरन्तरता मात्र हो यो प्रसंग – बालुवाटार निकट स्रोत भन्छ । गौतमलाई राष्ट्रियसभामा लैजाने षडयन्त्रपूर्ण निर्णय प्रचण्डकै डिजाइनमा भएको बुझाई वालुवाटारको रहेको छ । यसबारे प्रधानमन्त्री ओलीले अर्का नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएरै बेलिबिस्तार लगाइसकेका छन् । तर नेपालले पनि उक्त प्रकरणमा ओलीलाई साथ दिएनन् । साथै सचिवालयको निर्णय मान्न तपाई बाध्य हुनुहुन्छ भन्दै ओलीलाई साथ दिन अस्वीकार गरे । लगत्तै ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएकाले यो प्रकरणले मूर्तता लिन सकेको थिएन ।
प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएलगत्तै कोरोनाको महामारीले गाँजेकाले परिस्थिति अर्कै दिशातर्फ उन्मुख भएको हो । तर महामारी बिरुद्ध लड्ने सवालमा भने फेरि दुई थरि मत देखिएको छ । वास्तवमा प्रचण्ड सर्वदलीय संयन्त्र बनाएर त्यसको नेतृत्व गर्न लालयित छन् भन्ने बुझाई बालुवाटारको रहेको छ । यद्यपि प्रचण्डले संयन्त्रको नेतृत्व पनि ओलीलाई नै गर्न सुझाएका छन् । तर बालुवाटार भने यो षडयन्त्रकै नयाँ श्रंखला हो भन्ने बुझाईमा रहेको छ ।
कार्यकारी प्रमुखलाई अर्काे संयन्त्र बनाएर नेतृत्व गर भन्नुका पछाडि ठूलो स्वार्थ र षडयन्त्र लुकेको छ भन्दै स्रोतले प्रश्न ग¥यो–कार्यकारी अध्यक्षको हैसियतमा रहेका प्रचण्डले पार्टीको काम समेत राम्ररी गर्न नसकेको अवस्थामा अर्काे संयन्त्रको लालच गर्नु भनेको षडयन्त्र नभएर के हो त ?
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार